कक्षा कोठाभित्रै १३ बर्षे छात्रालाई नांगै बनाएर यौन दुव्र्यवहार र यातना

                                                  

झापा ,कात्तिक २२ – हिसाब नजान्दा झापाको एक विद्यालयका शिक्षकले चार छात्रामाथि यौन दुव्र्यवहार गरेका छन् । कोहबरा–९ को सहिद प्राथमिक विद्यालयका गणित शिक्षक मित्रराज नेपालले चार छात्रालाई लाइन लगाएर स्कर्ट र कट्टु खोल्न लगाई दुव्र्यवहार गरेका हुन् । छात्राहरुलाई कक्षा कोठाभित्रै दुव्र्यवहार गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय गौरीगन्जले बिहीबार पक्राउ गरेको छ ।

 विद्यालय प्रशासनको जाहेरीका आधारमा आरोपी शिक्षक पक्राउ परेका हुन् । चार कक्षामा गणित विषय पढाइरहेका बेला आफूले सोधेको प्रश्नको जवाफ दिननसकेपछि छात्राहरुमाथि दुव्र्यबहार गरेको आरोप शिक्षक नेपालमाथि लागेको छ । 

दुव्र्यबहारमा परेका छात्राहरु ११ वर्षदेखि १३ वर्ष उमेर समूहका छन् । ‘कक्षा चलिरहेका बेला शिक्षक नेपालले छात्राहरुको संवेदनशिल अंगमा हात हालेर दुव्र्यबहार गरेको भेटियो’ विद्यालयका प्रधानाध्यापक कार्तिकलाल गनगाईंले भने,‘तत्कालै उनीमाथि कानुनी कारबाहीका लागि विद्यालयले प्रक्रिया अघि बढाएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


http://www.ratopati.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.