सगरमाथा आधार शिविरमा पनि वाइफाई इन्टरनेट


फोटो :फाइल फोटो
सोलुखुम्बु : सगरमाथा र आमाडब्लम हिमालका आधार शिविरमा वाइफाई इन्टरनेट शुरु गरिएको छ । 
 
एभरेष्ट लिङ्कले खुम्बु क्षेत्र र ती दुई हिमालका आधारशिविरमा पनि वाइफाई इन्टरनेट जडान गरेको हो । यस्तै सोलुमुम्बुका नाम्चे, खुम्जुङका साथै पर्यटकीय बस्तीहरु गोक्यो, दोले, मछेर्मो, फेरुचे, दिङ्बुचे, दिबुचे, फोर्चे, तेङ्बोचे, पाङोचे, मञ्जो, फाक्दिङमा पनि इन्टरनेट सेवा सुरु भएको छ । 
 
पर्यटकको सुविधालाई ध्यान दिएर खुम्बुक्षेत्रका करिब ७० प्रतिशत भूभागमा चल्ने गरी इन्टरनेट सेवा पुर्‍याएको एभरेष्ट लिङ्कका प्रबन्धक बुद्धि तामाङले जानकारी दिए । हाल २० एमबी गति रहेको सो इन्टरनेट चाँडै ब्याण्डविथमा ४० एमबी बनाएर तीव्र गतिको इन्टरनेट सेवा दिने प्रबन्धक तामाङले बताए ।
 
इन्टरनेट सेवा शुरु भएपछि दुर्गम उच्च हिमालीक्षेत्रको कुनाकन्दरासम्म ल्यापटप, मोबाइल र ट्यावलेटलगायत डिभाइसमा वाइफाईमार्फत इन्टरनेट प्रयोग गर्न सकिनेछ । इन्टरनेट सेवा पाएपछि यस क्षेत्रमा आउने पर्यटक खुसी छन् । रासस


http://annapurnapost.com/News.aspx/story/2178#sthash.oiURAcQk.2Hv4e056.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.