साथीको नाम पनि भुलेर हैरानीमा पर्नु भएको छ ? यसरी सम्झिनुहोस्
के तपाईंमा पनि नाम भुल्ने यस्तै समस्या छ ? छ भने यी पाँच उपाय अपनाउनुहोस्, तपाईंको स्मरण शक्ति पक्कै बढ्ने छ ।
पटक पटक प्रयोग गर्नुहोस् : यदि तपाईं कसैको नाम याद गर्न चाहनुहुन्छ भने अक्सर कुराकानी हुँदा उसको नाम भनिराख्नुस् । जस्तो की, रमेश नाम गरेका व्यक्तिसँग कुराकानी गर्दै हुनुहुन्छ भने उनीसँगको कुराकानीमा पटक पटक ‘रमेश जी’ भनेर कुरा गर्ने गर्नुस् । तर, सधैं होइन, कहिलेकाँही मात्र ।
व्यक्तिलाई हेर्नुस्, सुन्ने मात्र होइन : नाम याद राख्नका लागि महत्वपुर्ण कुरा यो छ की, तपाईं कुराकानी गर्दै गरेका व्यक्तिको आवाजमा भन्दा अनुहारमा बढी ध्यान दिनुहोस् । कसैसँग परिचय हुँदा उनको नाम एक पटक होइन, दुई पटक भन्न लगाउनुहोस् र उसको कामकोे बारेमा समेत जानकारी राख्नुहोस । अझ उसको भिजिटिङ कार्ड भए माग्नुहोस ।
खास नामको साथ जोड्नुहोस् : कसैको नाम याद राख्ने अर्को तरीका भनेको खास व्यक्तिको खास नाम कुनै चर्चित व्यक्तिको नाम सँग जोड्नुहोस् । कुनै सेलिब्रेटी वा नेतासँग उसको नाम मिल्दोजुल्दो छ भने जोड्न सकिन्छ । ता की उनको नाम याद होस् ।
पेशा या सहरको नाम : व्यक्तिको काम या बस्ने स्थानको नाम सँग पनि उसको नाम जोडेर सम्झन सकिन्छ । यो एक उत्तम उपाय हो । जस्तै महेन्द्र नगर, दिनेस एफएम, कृष्ण पाउरोटी जस्ता नाम सँग व्यक्तिको नाम मिल्न सक्छ ।
केन्द्रीत गर्नुस् : विज्ञहरुको मत के छ भने, परिचयका बेला हाम्रो ध्यान अन्यत्र केन्द्रीत हुन्छ । तर, नाम सम्झनका लागि जागरुकताको आवश्यकता पर्दछ । यसरी ध्यान दिने हो भने नाम भुल्ने समस्या समाधान हुने छ ।
- See more at: http://www.nepalsandesh.com/2014/11/06/108906#sthash.ok5GPn6R.dpuf
0 comments
Write Down Your Responses