निर्देशक आलोक नेम्बाङ मृत फेला

Alok_Nimangकाठमाडौ, कार्तिक २० – चलचित्र तथा म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ धापासीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।   नेम्वाङको तेस्रो चलचित्र ‘अझै पनि’ रिलिज हुने तयारीमा रहेको थियो ।   दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङले सानो संसार र कोही मेरो चलचित्रको निर्देशन गरेका थिए । उनी अविवाहित थिए ।   सञ्जय AJHAI-PANI-Nepali-Film (1)दत्तलाई हेर्ने भन्दै कक्षा आठमा पढ्दा पढ्दै मुम्बई भागेका नेम्बाङ पछि गएर नेपालका चर्चित म्युजिक भिडियो र चलचित्र निर्देशक बने । नेपाली सिनेमा नयाँ युगको सुरुवात गर्ने नेम्बाङले आफ्नो करियरको शुरुवात इमेज च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा गरेका थिए । नबिन के भट्टराईको लाखौं पटकबाट उनी नेपाली संगीत क्षेत्रमा म्युजिक भिडियो निर्देशकको रुपमा प्रवेश गरेका हुन् । नबिर्से तिमीलाई, नपाएँ तिमीलाई, पूरानो हुँदैन माया, डुब्न देउ लगाउत चर्चित भिडियो निर्देशन गरेका नेम्बाङ अब सदाका लागि बिदा भएका छन् ।     उनको आत्महत्याको कारणबारे अझै केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । - See more at: http://www.ratopati.com/2014/11/06/180369.html#sthash.aRTGlk7r.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.