आइफोनको हेल्थकिट टुलको विश्लेषण गरेर तपाईंको मृत्युको दिन बताइदिने एप आयो !!!

deadlineतपाईंलाई आफू कुन दिन मर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन मन छ ? यदि छ भने हामी जुन एपको कुरा गर्दैछौँ त्यो तपाईंलाई काम लाग्नसक्छ । अहिले डेडलाइन नामक एउटा नयाँ एप आएको छ जसले तपाईंको आइफोनको हेल्थकिट टुलको विश्लेषण गरेर तपाईं कति दिन बाँच्दै हुनुहुन्छ भन्ने भविष्यवाणी गरिदिनेछ । आइफोनको हेल्थकिट टुलले तपाईंको उचाई, डायस्टोलिक रक्तचाप, तपाईंको निन्द्रा र पूरै दिनको गतिविधिको रेकर्ड राख्ने गर्दछ ।   जानकारीका अनुसार डेडलाइन एप यस्तो एप हो जसले रेकर्ड गरिएको डाटा उपयोग गरेर तपाईंको जीवनशैलीसँग सम्बन्धित केहि प्रश्नको आधारमा तपाईंको मृत्युको दिन र समय निर्धारण गर्ने गर्दछ । एपका निर्माता गिस्ट एलएलसीले एप्पल आइट्युन्स पेजमा लेखेका छन्, ‘कुनै पनि एपले तपाईंको मृत्युको दिन र समयको सटिक जानकारी दिन सक्दैन । यो एप तपाईंको जीवशैली र स्वास्थ्यमाथि मध्यनजर गर्दै तपाईंलाई राम्रो जीवनशैली र स्वास्थ्य सुधारको लागि प्रेरित गर्ने गर्दछ र आवश्यक भएको खण्डमा चिकित्सकलाई भेट्ने सल्लाह पनि दिने गर्दछ ।’   आफ्नो दैनिक आहार, खानपीन र नियमित व्यायामद्वारा अनुमानित दिन र समय बढाउन पनि सकिने उनले बताएका छन् । यसलाई आइट्युन्स एप्पल स्टोरबाट निशुल्क इन्स्टल गर्न सकिन्छ । (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/11/05/179932.html#sthash.wTGPSiOq.I3bRk7rF.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.