आफ्नै मासु पकाएर खाने मानिस : उनि भन्छन् , हिपको मासुको स्वाद जंगली भेडाको जस्तो

                                              

मान्छेले चलन चल्ती अनुसार खसी,बोका,रागोँ,कुखुरा आदिको मासु खान्छन् । हाम्रो देशमा यस्तै मासु बढि खाइन्छ, कोरियामा कुकुरको मासु खाइन्छ , अफ्रिकामा सर्पको मासु मिठो मानिन्छ । यस्तै आफ्नो देश भेष अनुसार मान्छेले मासु खाँदै आएका छन् तर संसारमा यस्ता पनि मान्छे छन् जो आफ्नै मासु आफैँ पकाएर खान्छन् । आफ्नै शरिरको मासु पकाएर खाने

निकै घिनलाग्दो काम गर्ने नर्वेका यी २५ वर्षीय अलेक्जेन्डर सेल्विक वेंगशोइल आर्टका विद्यार्थी हुन् । आफ्नै मासु खाइसकेपछि उनले यसको स्वादको बारेमा पनि मानिसहरुलाई बताए । अलेक्जेन्डरले भने कि उनको हिपको मासुको स्वाद जंगली भेडाको जस्तो छ ।अलेक्जेन्डर आफ्नो हिपको विकृत हड्डीबाट निकै तनावमा थिए । यो हड्डीका कारण उनी राम्रोसँग हिँड्न सक्दैनथे । उनी ह्विलचेयरमा हिँड्ने गर्दथे । चार वर्ष पहिले उनले त्यो हड्डीको अप्रेसन गरे । अप्रेसनपछि आएको त्यो हड्डी र त्यसमा भएको मासुको मदतले आर्ट बनाउने मनसाय उनले डाक्टरहरुसमक्ष्म पोखे र त्यसलाई घरमा ल्याए ।

घरमा ल्याइएका मासु र हड्डीलाई जब उनले काटे तब उनको मनसाय नै बदलियो । आफ्नो मासुको स्वाद चाख्ने यो नै एकमात्र मौका भएकाले हिपको मासु आलुसँग मिसाएर पकाए अनि खाए । चारवर्षको घटना अहिले खुलासा गरेपनि उनलाई यसको कुनै पनि पछुतो भएको देखिँदैन । आजकाल उनी आफ्नो आर्टको प्रदर्शन गर्नमा नै व्यस्त छन् ।
-एजेन्सी

http://www.zestkhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.