सलमानले बहिनीको विवाहका लागि किन १८ नोभेम्बरलाई नै छाने

salman-arpita
एजेन्सी । बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिताको विवाह मंगलबार हैदरावादमा भव्य समारोहकाबीच हुँदैछ ।
तर, सलमान भने अहिलेसम्म पनि अविवाहित नै रहेका छन् । उनले बलिउडमा थुप्रै नायिकाहरुलाई भित्र्याए र थुप्रैसँग अफस्क्रिन प्रेम पनि गरे । अहिले आएर उनै सलमानका विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ ।
मंगलबार १८ नोभेम्बरमा सलमानकी बहिनीको विवाह भइरँदा उनी ठिक १५ वर्षअघि अर्थात १९९९ को १८ नोभेम्बरमा नै विवाह गर्ने तयारीमा रहेको खुलासा भएको हो । उनले विवाहको तयारी पनि गरिसकेको समयमा कारणबस विवाह हुन नसकेको बताइएको छ ।
उक्त कुरा निर्देशक साजिद नाडियालावालाले खुलासा गरेका हुन् । उनले भनेका छन्, ‘२० सालदेखि हामी साथी हौ । सन १९९९ मा हामी एकै दिन बिहे गर्ने तयारीमा थियौ, तर त्यस साल विहे हुन सकेन, पछि मैले २००४ मा विवाह गरे त्यही १८ नोभेम्बर कै दिन ।’
सलमानको भने अहिलेसम्म पनि विवाह हुन सकेको छैन । स्मरणीय कुरा के छ भने सलमानका पिता सलिम र सलमाको विवाह पनि नोभेम्बर १८ कै दिन भएको थियो । त्यसैले उनले आफ्ना बाबुआमाको एनिभर्सरीकै दिन पारेर बहिनी अर्पिताको विवाह गरादिन लागेका हुन् ।
www.nepalsandesh.com/2014/11/18/110002#sthash.8iKDEVQd.HksKlZ8Y.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.