अमेरिकामा आकस्मिक संकटकाल लगइयो

काठमाडौं, मंसिर २ । अमेरिकाको मिसौरीमा संकटकाल लगाइएको छ । एक निहत्था काला युवकको हत्याका सम्बन्धमा अदालतले लिने निर्णयबाट उब्जाउन सक्ने प्रतिक्रियालाई ध्यानमा राखेर शान्ति बहाल गर्न राज्यका गभर्नरले नेशनल गार्ड परिचालन गरेका हुन् ।
शान्ति बहाल राख्न कानून कार्यान्वयन गर्ने जिम्मा सुरक्षाकर्मीलाई दिइएको गभर्नरले


प्रष्ट गरेका छन् । गत अगस्तमा कालाहरुको बाहुल्य रहेको सेन्टलुई नगरमा भएको एक घटनामा एक सुरक्षा अधिकृत डरेन विल्सनले चलाएको गोली लागि १८ वर्षीय माइकल ब्राउनको मृत्यु भएको थियो ।
सोही विषयमा निर्णय गर्न अदालतको इजलास बस्ने भएपछि सुरक्षा सतर्कता अपनाइएको हो । ब्राउनको मृत्युका विरोधमा त्यस क्षेत्रमा प्रदर्शन भइरहेको छ ।


imagekhabar.com/samachar/detail/43117/28/.shtml#sthash.XTFH1BxC.i7IkL1KF.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.