मिस युनिभर्स सुस्मिता भन्छिन् : नेपाली युवक ह्यान्डसम



मिस युनिभर्स १९९४ एवं हलिउड अभिनेत्री सुस्मिता सेनले दुईदिने नेपाल बसाई अविस्मरणीय बनेको बताएकी छिन् ।

क्लासिक डायमन्ड ज्वेलरीको अयोजनामा शुक्रबार र शनिबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको फेसन सोमा सहभागी हुन नेपाल आएकी उनले शनिबार पशुपतनिाथलगायतका विभिन्न मठमन्दिरको दर्शन पनि गरिन् ।

नेपाल आउनासाथ भएको पत्रकार सम्मेलनमा भगवान् गौतम बुद्धको जन्मभूमि आउन पाउँदा खुसी लगोको बताएकी सुस्मिताले जाने बेलामा नेपालमा पाएको स्वागत र सत्कारप्रति आभार प्रकट गरिन् । शनिबार राति होटल अन्नपूर्णमा सञ्चारकमीस्ँग भएको साक्षात्कारमा अविवाहित सुस्मिताले नेपाली केटा ह्यान्डसम लागेको बताइन् ।

नौ वर्षपछि नेपाल आउँदा सपना पूरा भएजस्तो लागेको छु, उनले भनिन्, मैले यहाँ जुन स्वागत र सत्करा पाउँ, त्यसबाट म अत्यन्तै खुसी र आभारी छु । छोरीहरुलाई लिएर फेरी नेपाल आउने उत्साह जागेको छ ।

दुई धर्मपुत्री पालेकी सुस्मिताले विवाहको प्रसंगमा भनिन्, हरेक कुराको समय हुनछ। विवाहका लागि म तयार भएकी छैन । तर, आमा बन्न मन लागेकाले दुई छोरीलाई ग्रहण गरेकी हुँ ।

 http://www.nepaliheadlines.com/2014-11-16-03-05-39.html#sthash.JVXtU1et.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.