भारतीय धनाड्य शिल्पा सेट्टीको पति जेल जान सक्ने

भारतीय धनाड्य एवं बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा क्रिकेट खेलको स्पट फिक्सिङ विवादमा तानिएका छन् ।
आईपीएल स्पट फिक्सिङ विवादमा भारतीय सर्वोच्च अदालतमा परेको मुद्धामा उनको नाम पनि परेको खुलासा भएको हो ।
Shilpa Shetty With Husband
आईसीसीका चेयरम्यान एन श्रीनिवासन र राज कुन्द्रा समेत यो मुद्धामा प्रतिवादी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आईपीएल स्पट फिक्सिङ मुद्धामा शुक्रबार भएको सुनुवाइका क्रममा कुन्द्राको नाम पनि रहेको खुलासा भएको हो ।
Shilpa Shetty With Husband 1
शिल्पाका पति आइपिएलमा राजस्थान रोयल्स टिमका मालिक समेत हुन् । विवादमा परेका खेलाडीको भने नाम सार्वजनिक गरिएको छैन ।

अघिल्लो सिजनमा आइपिएलमा स्पट फिक्सिङको विवाद भएको थियो ।
: http://www.nepaliheadlines.com/2014-11-14-10-49-57.html#sthash.8URXJL9b.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.