यसरी भयो ७ जनाको ज्यान जाने गरी ट्रक दुर्घटना (तस्विर सहित)

१८ कात्तिक, मकवानपुर । 
सहचालकले ट्रकको सन्तुलन कायम गर्न नसक्दा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा– १७ चुरीयामाईमा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सर्लाहीबाट ईटा बोकेर आउँदै गरेको ट्र्क मकवानपुरको चुरीयामाईमा पल्टदा ट्रकको पछिल्लो भागमा रहेको ईटा माथि सुतेर आएका ७ जनाको ईटाले थिचेर मृत्यु भएको हो ।
Truck accident
घटनामा ९ जना घाईते भएका छन् । घाइते मध्य तीन जनाको हेटौडा अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको र गम्भिर रहेका ६ जनालाई पथ उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

मृतकहरु सबै सर्लाहि औराही– ८ पटोर्वाका हुन् । मृत्यु भएका मध्य छ जनाको सनाखत भएको छ भने एक जना ससुरालि आएको बखत काम गर्नका लागि चितवन आएका कारण उनको सनाखत हुन सकेको छैन् । प्रहरीका अनुसार मृत्युहुनेमा सिहाराम महत्तो, झगुरु महत्तो, जित पास्वान, रामवली यादब र जंगिलाल महत्तो रहेका छन् ।
Truck accident
उनीहरुको शब घाईते रामबाबु यादबको सहयोगमा प्रहरीले पहिचान गरेको हो । उनीहरु चितवन धान काट्नका लागि मजदुरको रुपमा जादै गरेको घाईते रामबाबुले बताए । मापदण्ड भन्दा बढि लोड सहित यात्रु बोकेर आएको ट्रकलाई पथलैया ट्राफिकले जरिवाना काटेको छ । पथलैया कटेपछि सवारी चालकले ट्रक सहचालकलाई चलाउन दिदा दुर्घटना भएको प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए ।
Truck accident
प्रारम्भिक अनुसान्धानका आधारमा ट्रक सहचालकले चलाएको खुलेको उनले बताए । यात्रुको भनाइको आधारमा ट्रकको चालक पथलैयाबाट सुतेको र ट्रक सहचालकलाई चलाउन दिएको बताइएको छ । ट्रक चुरीयाको उकालो उक्लि सकेपछि देब्रो पट्टी ढलमा पल्टिएको छ । सहचालकले ट्रकलाई सन्तुलनमा राख्न नसक्दा दुघटना भएको बताइएको छ ।

ट्रकका चालक र सहचालक दुबै फरार रहेका छन् । पथलैया बाट ट्रक सहचालकले चलाएको थियो । हामी धान काट्नका लागि चितवन जान लागेको हो । ट्रक पल्टिएपछि क्याबिनमा बस्नेले भन्यो र थाहा पाएको रामबाबुले बताए । पथलैया बाट ट्रक सहचालकले चलाएका थिए उनले भने ।

एक साता नबित्दै मकवानपुर अन्तरगत पर्ने राजमार्गमा १६ जनाको मृत्यु भएको छ । केहि दिन अघि मकवानपुरको बसामाडि–२ बस्तिपुरमा भएको बस दुघटनामा १० जनाको मृत्यु भएको थियो । प्रहरीले बसामाडिको घटनामा दुघटनामा जिम्मेवार मानिएको बसका चालकलाई सवारी एने अन्तरगत ज्यान मु्द्दा लगाएर कारबाही सुरु गरेको छ

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.