तपाईंको हत्केलामा ‘क्रस चिन्ह’ छ ? यो निकै अशुभ पनि हुन सक्छ


काठमाडौं । यदि हामीले हल्केलाको रेखाहरुका ध्यान दिएर हेर्ने हो भने त्यहाँ कुनै न कुनै चिन्ह देखिन्छ नै । लामा–छोटा रेखाहरुको मिश्रणमा कुनै चिन्ह बनेका हुन्छन् । ज्योतिष शास्त्रका अनुसार यस्ता चिन्हहरु कुनै निकै शुभको शंकेत हुन्छन् भने कुनै चिन्ह हानिकारक अवस्थाको शंकेतका रुपमा रहेका हुन्छन् ।
जीवन रेखा, हृदय रेखा, मस्तिष्क रेखा हत्केलाका महत्वपुर्ण रेखाहरु हुन् । यी रेखाहरुका बेलाबेलामा फेर बदल आइरहन्छन् । यस्तोमा विभिन्न स्थानमा क्रस चिन्हहरु देखिन सक्छन् । यदि कुनै व्यक्तिको हत्केलाको शनि क्षेत्र (माझ औंलाको तल) मा क्रस चिन्ह छ र भाग्य रेखालाई छोएको छ भने यो निकै अशुभ मानिन्छ ।
यस्ता व्यक्ति कुनै दुर्घटनामाको शिकार बन्न सक्दछन् । यदि शनि क्षेत्रमा मात्रै क्रश चिन्ह छ भने त्यो व्यक्ति निराशावादी बन्दछ ।
यदि कुनै व्यक्तिको हत्केलाको सुर्य क्षेत्र ( साइली औंला) को तल क्रश चिन्ह छ भने त्यस्ता व्यक्तिको जीवनमा कुनै न कुनै प्रकारको समस्या आइनै रहन्छ ।
सबैभन्दा छोटो औलाको ठिक तलको बुध क्षेत्रमा क्रस चिन्ह छ भने त्यस्ता व्यक्तिले इमान्दारीताकासाथ काम गर्ने मौका पाउदैनन् ।
यस्ता व्यक्ति काम टार्ने वा काम चोरीको शिकार बन्ने गर्दछन् । हत्केलाको मंगल क्षेत्रमा ( मध्य भाग) मा क्रस चिन्य भएका व्यक्तिहरु लडाँइ, झगडा गर्ने स्वभावका हुन्छन् ।
यदि कुनै व्यक्तिको औंलाको तल शुक्र स्थानमा क्रस छ भने उनीहरुले माया प्रेमकै कारण निकै दुख पाउछन् ।
यस्ता व्यक्तिलाई जीवनसाथीबाट सहयोग मिल्न सक्दैन । हत्केलाको चन्द्र क्षेत्रमा क्रस चिन्ह छ र उक्त चिन्हले मस्तिष्क रेखालाई पनि क्रस गरेको छ भने उसको कल्पना शक्ति कमजोर हुन्छ ।
तपाईं पनि हेरीहाल्नुस, आफ्नो हस्त रेखा । अनी थाहापाउनुहोस् आफ्नो भाग्य कस्तो रहेछ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.