यस्ता ब्यक्तिले पाउँछन् सबै भन्दा राम्रो जागिर

सबै मानिसहरु जीवनमा सफलता पाउन संघर्षरत हुन्छन् । हरेक मानिस सफलताको शुत्र चाहिरहेको हुन्छ ।
तर सबैलाई जीवनमा सफलता प्राप्त हुँदैन । जीवनमा राम्रो जागिर खान र राम्रो पद प्राप्त गर्नका लागि केही विशेष गुण चाहिने बताउँछन् परामर्श विज्ञहरु । यहाँ हामीले यस्तै ब्यक्तिको गुणका विषयमा चर्चा गरेका छौं जुन गुण भएका ब्यक्तिले सबै भन्दा राम्रा जागिर पाउने विज्ञहरु बताउँछन् ।

भिज्न सक्ने र मिलनसार
कुनै पनि कम्पनीमा राम्रो जागिर पाउन सबै भन्दा आवश्यक गुण हो मिलनसार हुनु । कुनै पनि ब्यक्ति सबैसँग भिज्न सक्ने र मिलनसार नभइकन राम्रो जागिर वा पद पाउने सम्भावना नै हुँदैन । जहिले पनि आफ्नो र आफ्नो संस्थाको प्रचार प्रसार गर्ने विषयमा ध्यान दिने ब्यक्ति मात्र सफल सावित हुन्छन् ।


best employee
एकै पटकमा धेरै काम गर्न सक्ने
अधिकाँश निजी कार्यालयमा काम गर्ने मुख्य ब्यक्तिहरुलाई अवलोकन गर्नु भो भने थाहा पाउनु हुन्छ उनीहरु कतिधेरै काम एकै पटकमा गर्न सक्छन् । कम्पनी सानो होस् वा ठूलो त्यहाँ काम गर्नका लागि आवश्यक दवाव खेप्न सक्ने क्षमता र एकैपटक धेरै कुरामा ध्यान दिन सक्ने ब्यक्तिमात्र राम्रो पद वा जागिरको भागिदार हुन्छ । सानो सानो कुरामा आत्तिने र स्ट्रेस ब्यवस्थापन गर्न नसक्ने ब्यक्तिले कहिल्यै पनि यस्तो अवसर पाउँदैन । सानातिना काम देखि निर्णयस्तरको भूमिका खेल्न सक्ने ब्यक्तिहरुले नि आधुनिक कम्पनीमा नेतृत्व गरिरहेका छन् ।

कामप्रति लगनशील
कतिपय ब्यक्ति अह्राएको काम गर्ने र जे आउँछ त्यसलाई मात्र समाधान गर्ने स्वभावका हुन्छन् । तर कतिपयलाई अह्राउनु पर्दैन । उनीहरु आफै काम खोज्छन् र वातावरण बनाउँछन् । निजी कम्पनीहरुले जहिले पनि आफै काम खोज्ने र वातावरण बनाउने मान्छेलाई छान्छन् ।
best employee 2
मालिक भन्दा पनि वफादार
संस्थामा काम गर्ने ब्यक्ति संस्थाप्रति बफादार हुनु पर्छ । संस्था र मालिकप्रति बफादार हुनेलाई नै छान्छन् संस्थाहरुले । तर संस्थाहरुले मालिकले सोँचेको भन्दा पनि फरक र अझ पर सम्म पुगेर संस्थाको हित सोंच्ने ब्यक्तिलाई राम्रो पद वा जागिर दिन्छन् । जसको क्षमता मालिकले भन्दा पनि बढी पर सम्म सोंच्न सक्छ उ नै नेतृत्वमा पुग्छ ।

निर्णय गर्न सक्ने
कुनै पनि संस्थामा जागिर खान र त्यसमा पनि नेतृत्वमा पुगेर हाकिम बन्नका लागि निर्णय क्षमता सबै भन्दा महत्वपूर्ण हुन्छ । सही समयमा सही निर्णय गर्न सक्ने ब्यक्ति दुर्लभ हुन्छन् । यस्तै दुर्लभ ब्यक्तिलाई नै छान्छन् निजी कम्पनीहरु । केही जोखिम समेत उठाएर निर्णय गर्ने र कम्पनीको हितमा काम गर्न सक्ने ब्यक्तिले राम्रो जागिर पाउँछन् ।

सावधान खेलाडी
निजी संस्थाहरुको उद्देश्य नाफा कमाउने हुन्छ । यदि तपाइँले सावधानीपूर्वक निर्णय लिनु हुन्छ र काम गर्नु हुन्छ भने मात्र निजी कम्पनीको नजरमा तपाइँ पर्नु हुन्छ । कतिपय अफ्ठेरो अवस्थामा समेत सचेत भएर संस्थाको हितमा काम गर्ने ब्यक्तिले नै राम्रो जागिर पाउँछ ।


योजनाकार
कुनै पनि संस्थामा राम्रो पद पाउनका लागि सबै भन्दा आवश्यक गुण हो योजना । जुनसुकै कार्यालयले पनि आफ्नो कर्मचारी योजना भएको र योजना कार्यन्वयन गर्न सक्ने होस् भन्ने चाहन्छ । राम्रो जागिर र पद पाउन योजनाकार मात्र होइन योजना कार्यन्वयनको क्षमता पनि चाहिन्छ ।
best employee 1
सहयोगी
कुनै पनि संस्थाले आफ्नो कर्मचारी मिलनसार मात्र होइन अरुलाई सिकाउने र सहयोग होस् भन्ने चाहन्छ । कार्यालयमा बडप्पन नदेखाइ सबैलाई सहयोग गर्ने र सहयोगी भावना भएको ब्यक्तिले नै राम्रो अवसर पाउँछ । अरुलाई सहयोग गर्ने र सहयोग लिन सक्ने ब्यक्ति नै टिमवर्कमा राम्रो मानिन्छ ।

 http://nepaliheadlines.com/2014-09-29-09-57-15.html#sthash.FGoFJFBU.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.