झापामा १७ फिट लामो अजिङ्गर भेट्टियो

फोटो :साैजन्य : पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर ( झापामा भेटिएको अजिंगर)
झापा : झापाको महेशपुर गाविस-१ स्थित देवनिया खोलामा १७ फिट लामो अजिंगर फेला परेको छ । स्थानीयले फेला पारेको सो अजिंगरलार्इ प्रहरीले नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय झापामा बुझाएको छ ।
 
गाँउलेले देवनिया खोलामा अजिंगर देखेपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गाउँलेको सहयोगमा शनिबार समातेर सकुशल वन कार्यालयमा बुझाएको हो ।

गाउँलेहरुको सुरक्षालाई ख्याल गर्दै त्यसको संरक्षण गर्ने उद्देश्यले अजिङगरलाई वन कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक राकेश पोदारले जनाए ।
annapurnapost.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.