मातेकी महिला सडकमा देख्दा पुरुषहरुले मन थाम्न नसकेपछि… (भिडियोसहित)

drunk
महिलाहरुको स्वतन्त्रतको लागि जतिसुकै चर्का नाराबाजी गरेपनि उनीहरुको हक, अधिकार अहिलेसम्म सुनिश्चित हुन सकेको छैन । विकशित मुलुक भनिएता पनि पुरुषहरु महिलाहरुमाथि आफ्नो अधिकार जमाउन र उनीहरुबाट पाएको खण्डमा फाइदा उठाउन नै खोजेका हुन्छन् । आफू निकै संयम भएर हिँडेको अवस्थामा त पुरुषहरुको गिद्देदृष्टी महिलाहरुमा सधैँ परिरहेको हुन्छ भने असंयमित भएको अवस्थामा के होला ?

नेपालमा महिलाहरुको अवस्थामा बारेमा हामीलाई थाहा नै छ । छिमेकी राष्ट्र भारतमा त अझ महिलाहरुको अवस्थामा नेपालको भन्दा दयनीय छ भन्दा फरक नपर्ला । अफिसबाट घर फर्किरहेको बेला होस्, घाँस काट्न जाँदा होस् अथवा पढ्न जाँदा नै, महिलाहरु कहिले पनि आफू निर्धक्क सँग हिँड्ने स्थिती आइसकेको छैन । यी सबै कुराहरुलाई प्रस्ट गर्ने एउटा भिडियो बनेको छ ।

महिलाहरुको अवस्थाको बारेमा जानकारी दिने भिडियोले युट्युबमा निकै तहल्का मच्चाइरहेको छ । महिलालाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ भन्ने विषयमा यो भिडियो ऐनाको रुपमा खडा भएको छ । चार मिनेट ६ सेकेन्ड लामो उक्त भिडियोले हजार शब्दले वर्णन गर्न नसकिने यथार्थको चित्रण गरेको छ ।

उक्त भिडियोमा रक्सीले मातेको अभिनय गरिरहेकी महिलाले थुप्रै पुरुषहरुसँग आफ्नो घर जाने बाटो सोधिरहेकी छिन् । जुन कुरा भिडियोमा देखियो यो निकै प्रेरणादायी र दुःखपूर्ण रहेको छ ।
ती महिलाले भिडियोमा थुप्रै पुरुषहरुलाई कल्भर सिटी जाने मार्ग कुन हो भनेर सोधिरहेकी छिन् । तर ती सबै पुरुषहरुले ती महिलाको घर जाने बाटो देखाउनुको सट्टा आफ्नो घर लाने प्रयास गरिरहेका थिए ।
drunk1
प्रथम पुरुषः
‘बस ? तिमीले बसको बारेमा चिन्ता लिनु पर्दैन । हामी अन्त कतै जान्छौँ– मेरो घरमा । मेरो घरको बाहिर थुप्रै बसहरु लाइन लागेर बसिरहेका छन् । मसँग पानीको खाट छ । ’
drunk2
दोस्रो पुरुषः
‘(हात सुम्सुमाउँदै)आफू सँग भएको बसै बियर खाँदै अगाडी हिँड, मिस डेजी’

drunk3
तेस्रो पुरुषः
‘यदि तिमी रमाइलो गर्न चाहन्छौँ भने मेरो ठाउँमा हिँड । म तिमीलाई केहि पनि पैसा दिन्न, हुन्छ ?’

drunk4
अन्तिमका दुई पुरुष ती मातेकी महिलालाई आफ्नो घरमा लैजान वास्तवमा नै झगडा गरे ।

यदि कुनै पुरुष यसै गरि हातमा बियरको बोतल बोक्दै, हिँड्न नसक्ने गरि मातेको अवस्थामा बाटोमा हिँडिरहेको हुन्छ भने, के ती पुरुषमाथि पनि कसैको गिद्देदृष्टी हुन्छ होला त ? उत्तर तपाईंहरुसँगै छ । (एजेन्सी)


www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.