एमाओवादी अध्यक्ष दाहाल विरुद्ध गाली वेइज्जती मुद्दा



काठमाडौं-एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली वेइज्जती मुद्दा दायर भएको छ।
नेपाली कांग्रेस इलामका सक्रिय सदस्य समिप घिमिरेले दाहाल विरुद्ध गाली वेइज्जली मुद्दा दर्ता गरेका हुन्। घिमिरेको निवेदनमा सोमबार दाङमा पत्रकारसँगको कुराकानीमा एमाले र कांग्रेसलाई गाली गलौज गरी अपमान गरेको जिकिर गर्दै १ करोड क्षतिपूर्ती र हदै सम्मको कैद सजाय हुनुपर्ने माग गरिएको छ।
निवेदनमा मुद्दा गर्दा लाग्ने खर्च बापत ५० हजार रुपैँया दाहालबाट भराउनु पर्ने माग गरिएको छ। दाङमा भएको पत्रकार भेटघाटका क्रममा दाहालले ‘लात खाने बानी परेका कांग्रेस एमालेले बात मानेनन्’ भनेका थिए। दाहालको यो भनाईले अन्य राजनीतिक पार्टीलाई होच्याएको आरोप निवेदनमा लगाइएको छ।
http://setoparewa.com/2014/11/11/13084#sthash.yjiP6OLK.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.