सावधान: डिभी भरेकालाई ‘मुर्गा’ भन्दै यसरी ठगिन्छ

अमेरिका जाने सपना वोकेर डिभी भरेकाहरु विभिन्न वहानामा ठगिने गरेका छन् । विज्ञापनको लागि सडक देखि होर्डिङबोर्डसम्म खाली नराखेका यी कम्पनीहरुले डिभि भरेकाहरुलाई ‘मुर्गा’ भन्दै ठग्ने गरेको पत्ता लागेको छ ।
अमेरिकी दूतावासले डिभी नि:शुल्क भर्न सकिने बताएपनि डिभी भराउनेहरुले सर्व साधरणबाट चर्को असुली गर्दै आइरहेका छन् । अहिले डिभी भरेपश्चात पनि सर्वसाधरणबाट चर्को रकम ठगी गर्दै आएका राजधानीका दुई प्रतिनिधि कम्पनिले गरेको ठगी धन्दाको रातोपाटीले रहस्य पत्ता लगाएको हो । रातोपाटीलाई प्राप्त विभिन्न कागजातको अध्ययन गर्दा डिभि भराउनेहरुको ठगी धन्दाको प्रमाण देखिन्छ ।
कसरी हुन्छ ठगी ?
डिभी भराउनेहरु सवैभन्दा पहिला नतिजा कुर्छन् । त्यसपछि नतिजा अनुसार पहिलो पत्र (फस्ट लेटर) प्राप्त गर्ने व्यक्तिहरुबाट चर्को ठगी गर्ने गरेका छन् । पहिलो पत्र आएपछि ‘तपाईको दोस्रो पत्र लगभग निश्चत जस्तै हो, कागजात मिलाउन र अमेरिकी दूतावासका कर्मचारीहरुलाइ चिया खाजा खुवाउन’ भन्दै पत्रवालासँग असुली गर्दा रहेछन् । (हेनुहोस रिसिप्ट, रातोपाटीलाई यस्ता ६ वटा रिसिप्ट प्राप्त भएका छन्)
thagi
यस्तो रकम असुली गरि ठगी गर्नेमा काठमाडौंकै विभिन्न कम्पनी छन् । बागबजारको सनवेज देखि ललितपुर कुपुन्डोलको क्वालिया इ ग्रुपसम्म छन् । क्वालिया इ ग्रुपबाट पीडित एक व्यक्तिले भने, पहिलो पत्र आएपछि दोस्रो पत्रका लागि भन्दै १३ हजारका दरले धेरै व्यक्तिसँग रकम असुलिएको थियो । दोस्रो लेटर नआए फिर्ता गर्ने भनिएको थियो । अहिले न दोस्रो लेटर आयो न रकम फिर्ता भयो ।’ बागबजारको सनवेजबाट पीडित एक व्यक्तिले भने, हामीसँग १०–१० हजारका दरले असुली गरिएको थियो । रकम पनि फिर्ता भएको छैन् । दोस्रा पत्र पनि आएको छ । यी कम्पनीहरुले हरेक बर्ष डिभि भराउने र पहिलो लेटर आएकासँग रकम असुल्ने गरेका छन् ।
रातोपाटीले यसरी पैसा असुल्न मिल्छ ? भनेर प्रश्न गर्दा क्वालियाका सञ्चालक विमल नामका ती व्यक्तिले भने ‘रातोपाटीमा समाचार आयो भने मैले जान्याछु ।’ भन्दै उल्टै धम्की दिए ।
- See more at: http://www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.