ईश्वर तिमीले रूख बनायौ " नेपालका टाउकेहरूलाई किन स्वाँठ बनायौ " : मह जोडी


न्युयोर्क, कार्तिक ४ - ईश्वर तिमीले रूख बनायौ,

हाँगा बनायौ, डाँठ बनायौ

नेपालका टाउकेहरूलाई किन तिमीले स्वाँठ बनायौ ।

ईश्वर तिमीले नाक बनायौ, निधार बनायौ, खप्पर बनायौ

नेपालका टाउकेहरूको खप्परमा किन गोबर खन्यायौ ।

मह जोडीका यी सुरुआती व्यंग्यात्मक गीति हरफहरू म्यानहाटनस्थित अर्मेनियन चर्चको नेपाली मोहाल तताउन काफी थिए । आइतबार रातिको न्युयोर्कको तापमान झर्दै गर्दा चर्चभित्रको मोहाल भने रोमाञ्चक ढंगले तात्तिदै थियो । 'मह जात्रा अमेरिका' को न्युयोर्क एपिसोडमा पनि मह जोडीका अतिरिक्त अन्य कलाकारहरूले आप्रवासीमाझ नेपाली राजनीतिको डनवाददेखि जातीय प्रसंगसम्मलाई तिखो व्यंग्य हाने । न्युयोर्कसहित १५ सहरमा मह जात्राको १६ अध्याय सम्पन्न भएका छन् । अझैं एघारवटा बाँकी छन्, जुन कात्तिक महिनाभरि नै चल्नेछन् । मह जात्राले असोज १९ मा सत्र हजारभन्दा बढीलाई टेक्सासको डालासमा मनोरञ्जन दियो भने त्यसको पाँच दिनअघि क्यालिफोर्नियाको मोहाल

पनि उम्दाको थियो । सियाटल, कोलोराडो, सिकागो, मिनीसोटा, हयुस्टन्, अस्टिन र आईवामा कार्यक्रमहरू सम्पन्न भएका छन् ।

महको क्रेजले दर्शकहरू दंग हुने नै भए, आयोजक र कलाकारहरू पनि सन्तृष्ट देखिन्छन् । न्युयोर्कको कार्यक्रमको आयोजक रिजउड नेपाली समाजका भुवनेश्वर गौतमले भने, 'कार्यक्रमप्रति हामी सन्तुष्ट र खुसी छौं ।' मह जोडी पनि आप्रवासीहरूको क्रेज प्रति नतमस्तक छन् । कुराकानीको क्रममा हरिवंश आचार्यले भने, 'अमेरिका, नेपाली कलाकारहरूको ठूलो बजारको रूपमा विकसित हुँदै गएको हामीले पार्‍यौं ।' पन्ध्र वर्षअघि अमेरिकामा गरेको कार्यक्रम स्मरण गर्दै मदनकृष्णले थपे, 'उति बेला कार्यक्रममा एक/डेढ सय मानिस आउँदा पनि भव्य हुन्थ्यो/लाग्थ्यो । तर अहिलेको त कुरै अर्कै ।'

अमेरिकामा पुनर्वास गराइएका नेपाली मूलका भुटानीहरूले नेपाली कलाको मोहाललाई थप उचाइमा पुर्‍याएको मह जोडीको अनुभव छ । भदौ अन्तिम साता अमेरिका पुगेको मह जात्राले पन्ध्रतिरमा कार्यक्रम सम्पन्न गरे पनि नेपालीहरूको उल्लेख्य चाप रहेको बोस्टन, बाल्टिमोर, वासिङ्टन डिसी, फ्लोरिडामा हुन बाँकी नै छ । मह जोडीको चौंतीस वर्षे करिअरमा यति लामो कार्यक्रम भएको यो पहिलो मौका हो । मदनकृष्ण सम्झन्छन्, ''विज्ञापन' नामक प्रहसन तीन सय ७६ पटक देखाएको रेकर्ड छ, तर विदेशमा साढे दुई महिना लगाएर २७ वटा कार्यक्रम गर्न लागेको यो पहिलो अवसर हो ।'

मह जोडीका साथ किरण केसी, वसुन्धरा भुसाल, शिवहरि पौडेल, यमन श्रेष्ठ र मोहित आचार्य पनि रहेका छन् । कार्यक्रम संयोजक रवि लामिछानेका अनुसार नेपाली घनत्व रहेका मुख्य अमेरिकी सहरहरूका अलावा स-साना सहरहरू नेब्रास्काको ओमाहा, साल्टलेक सिटी, अस्टिन, केन्टुकी, आइवामा पनि प्रहसन देखाउँदै छ । 'सबैलाई समेटने हाम्रो ध्येय हो,' उनले भने । करिब २० हजार बढीले प्रहसन हेर्ने अनुमान गरिएको छ । क्यानाडामा दुइटा कार्यक्रम आयोजना गरिनेछन् ।

अमेरिकामा रहेका नेपाली संघसंस्थाको आयोजनामा भइरहेको मह जात्राबारे हरिवंशले भने, 'यो ९९ प्रतिशत मनोरञ्जन हो भने एक प्रतिशत सन्देश ।


http://www.ekantipur.com/np/2071/7/4/full-story/397426.html

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.