किसिङ सिनमा आफूलाई कुनै समस्या छैन : आलिया भट्ट

कुनै बेला इमरान हास्मी सिरियल किसरकोरुपमा चिनिन्थे बलिउडमा । तर उनको यो पहिचान अव आलिया भट्टले खोसेकी छिन् ।
इमरान हास्मीले अभिनय गरेको कुनै पनि चलचित्र किसिङ सिन नभएको हुँदै हुँदैनथ्यो । त्यस्तै हुन थालेको छ आलिया अभिनित चलचित्रमा ।
आलिया अभिनित हरेक चलचित्रमा उनको किसिङ सिन निक्कै चर्चित हुन थालेको छ । स्टुडेन्ट अफ दि इयरमा किसिङ सिन सहित डेब्यु गरेकी आलियाले टू स्टेटमा बेडसिन नै दिएकी छिन भने पछिल्लो चलचित्र शानदारमा समेत उनको किसिङ सिन चर्चामा छन् ।
आलियाले किसिङ सिनमा आफूलाई कुनै समस्या नभएको बताएपछि पछिल्लो चलचित्रमा उनीभन्दा सिनियर कलाकार शाहीद कपुरसँग पनि कसिङ सिन राखिएको निर्देशकले बताएका छन् ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.