प्रधानमन्त्रीले राज्यकोषबाट कार्यकर्तालाई दसैं मनाउन दिए २२ लाख
२५ असोज, काठमाडौँ ।
त्यागी प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना कार्यकर्तालाई दसैं खर्च पनि राज्य कोषबाटै दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २ सय ९४ जनालाई २२ लाख ३० हजार ५ सय रुपैयाँ वितरण गरेको हो ।
रकम पाउनेमा प्रधानमन्त्री स्वकीय सचिव, मन्त्री तथा कांग्रेसका विभिन्न नेताकिनट व्यक्ति छन् । उनीहरुले २ हजार ५ सयदेखि २५ हजारसम्म पाएका छन् । प्रधानमन्त्रीका भान्जा तथा स्वकीय सपचव रमेश शर्माको तोक आदेशमा २ सय ९४ जनालाई दसैंखर्च दिइएको हो ।
स्रोतका अनुसार एकैपटक करिब दुई सय ९४ जनालाई रकम दिने निर्णय भएपछि प्रधानमन्त्री कार्यालयलाई रकमको जोहो गर्न समस्या भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आर्थिक प्रशासन शाखाका अनुसार प्रधानमन्त्री सहायता कोषमा ११ लाख रुपैयाँ मात्र मौज्दात थियो । तर, एकैपटक २२ लाख वितरण गर्ने निर्णय भएपनि प्रधानमन्त्री कार्यालयले रकम वितरण गर्न अपुग भएको भन्दै दसैंअघि नै अर्थ मन्त्रालयसँग थप २० लाख रुपैयाँ माग गरेको थियो ।
यसअघिका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राज्यकोको रकम दुरुपयोग हुनसक्न भन्दै आर्थिक सहायता वितरण गर्न बन्द गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
0 comments
Write Down Your Responses