शेष घलेको पाँचतारे ‘शेराटन होटल’ सबैभन्दा सुविधासम्पन्न

काठमाडौं । आठ अर्ब लगानिमा निर्माणको तयारी भएको होटल सेराटन नेपालकै सबैभन्दा सुविधासम्पन्न होटल हुने छ ।
गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले स्वामित्वको एमआटी ग्रुप होल्डिङ (अष्ट्रेलिया) को लगानीमा १७ तले ‘सेराटन होटल, काठमाडौं’ बन्ने भएको हो ।
सन् २०१७ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने र सन् २०१८ फेब्रुअरीदेखि होटल सञ्चालनमा ल्याइने तयारी गरिएको छ । सेराटन ब्राण्डमा विश्वका करिब ७० मुलुकमा चार सय होटल सञ्चालन भइरहेका छन् ।

नेपालमा पनि निर्माण थालीनुले पर्यटन र अन्तर्राष्ट्रिय चेन होटललाई लगानी ल्याउन सहज हुने कम्पनीको दाबी छ । यो होटलमा २१८ गेस्टरुमहरु र सुइट रहनेछन् ।
होटलमा हेल्थ क्लब, स्पा, वातानुकुलीत स्विमिङ सुविधा रहनेछन् । होटलभित्रै सपिङ सेन्टर, स्थानिय र विश्वभरका खानाका स्वादहरु पनि पाइने छन् । होटलमा एक हजार सिट क्षमताको एक र साना दुई सभाकक्ष, तीन मिटिङ रुम रहने छन् ।
नयाँ प्रविधिको प्रयोगमा नेपालमा पहिलो पटक यस्तो होटल निर्माण हुने कम्पनीको दाबी छ । होटल निर्माणका क्रममा करिब ५० हजारले रोजगारी पाउने र सञ्चालनमा आएपद्धि ४ सय ५० दक्ष कामदारले रोजगारी पाउनेछन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.