सलमान–ऐश्वर्याको पुरानो याद ताजा गर्दै सन्नी लियोन

मुम्बई– सन्नी लियोनले सलमान–ऐश्वर्याको पुरानो याद ताजा गर्ने भएकी छिन् । बिछडिएको जोडी सलमान–ऐश्वर्याको पुरानो याद सन्नी लियोनले कसरी ताजा गर्दै छिन् भन्ने प्रश्न तपाईंहरुमध्ये धेरैलाई उब्जिसकेको हुनसक्छ ।

वास्तवमा सन्नी लियोन आफ्नो आउँदो फिल्म ‘लिला’ मा ऐश्वर्या राय बच्चनको गीत ‘ढोली तारो ढोल बाजे’ मा नृत्य गर्ने भएकी छिन् । उक्त गीतको रिहर्सल गर्न सन्नी निकै व्यस्त रहेको खबरमा आएको छ । गीतको सुटिङ मुम्बईको फिल्म सिटीमा सुटिङ गर्ने जनाइएको छ ।
यो गीत सन् १९९९ मा आएको ऐश्वर्या राय र सलमान खानको फिल्म ‘हम दिल दे चुके सनम’ को हो । यो गीतमा ऐश्वर्यासँग सलमान पनि थिए र पक्कै पनि लिला फिल्ममा यो गीत देखिसेकपछि दर्शकले सलमान र ऐश्वर्याको पुरानो जोडीको याद त गर्ने नै छन् ।

‘हम दिल दे चुके सनम’ फिल्मको निर्देशन संजय लिला भंसालीले गरेका छन् । गीतको इस्माइल दरबारले कम्पोज गरेको थियो जबकी कविता कृष्णमूर्ती, विनोद राठौर र करसन सगाठियाले यसलाई गाएका थिए । फिल्म ‘लिला’ मा प्रयोग गरिने यो गीतलाई अरु कसैले गाउने भएको छ । यसका साथसाथै फिल्मको धुनमा पनि परिवर्तन गरिने बताइएको छ । (एजेन्सी)

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.