आमा,बुवालाई मारेर छोरीले खन्याइन् लासमाथि तेजाब

दुई महिनाकी मात्रै थिइन् जब उनलाई धर्मपुत्री बनाइएको थियो । त्यसपछि उनलाई उनका आमा–बुवाले निकै माया गरेर स्याहार सुसार गरे । तर कसलाई थाहा कि जब उनी १६ वर्षकी पुग्छिन् तब त्यहि आमा–बुवाको कालको रुपमा खडा हुन्छिन् । पश्चिम भारतको वडोदरा जिल्लामा एउटी छोरीले आफ्नो आमा–बुवाको हत्या गरेकी छिन् । ती छोरीले आफ्नो आमा–बुवाको खानामा निन्द्राको औषधी मिसाएर उनीहरुको घाँटी थिचि चक्कुले प्रहार गरि हत्या गरेको रहस्य पत्ता लागेको छ ।   यति मात्र होइन, मारिसकेपछि ती हत्यारा छोरीले आफ्नो आमा–बुवाको लासमा तेजाब पनि छर्किइन् ता कि लासलाई कसैले पनि चिन्न नसकुन् । पुलिसका अनुसार विनोद (६३) र स्नेहा (६०)को हत्याको आरोपमा १६ वर्षीय एक किशोरीलाई पक्राउ गरिएको छ ।   जानकारीका अनुसार दम्पत्तीको हत्या गत अगस्त ३ तारिकको दिन भएको थियो । जबकि उक्त घटना गत सोमबार मात्र सार्वजनिक भएको थियो । मृतकका परिवारका सदस्यहरुले ती दम्पत्ती हराएको जानकारी पुलिसलाई दिएपछि उनीहरुको खोजी तीब्र गरिएको थियो ।   खोजीको क्रममा जब पुलिस ती दम्पत्तीको घरमा पुगे तब त्यहाँ उनीहरुले त्यहाँ सडेको लासहरु बरामद गरे । अनुसन्धानको सुरुवाती अवस्थामा पत्ता लागेको जानकारी अनुसार ती किशोरीले आफ्नो आमा–बुवाको हत्या आफ्नो प्रेम सम्बन्धको कारण गरेकी थिइन् । पुलिसका अनुसार मृतक दम्पत्ती आफ्नी छोरीको प्रेम सम्बन्धको विरोधमा थिए र यो विषयमा उनीहरु बिच निकै झगडा हुने गर्दथ्यो । (एजेन्सी)

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.