यौनधन्दामा लिप्त एक जोडिसहित पाँच पक्राउ

सिरहा, कात्तिक २ – प्रहरीले लहान वडा नं.३ स्थित आशिकी होटल एन्ड रेस्टुरेन्टमा गएराति छापा मारेर यौनधन्दामा लिप्त एक जोडीसहित पाँचजनालाई पक्राउ गरेको छ ।     इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार पक्राउ पर्नेहरूमा यौनधन्दामा लिप्त एक जोडी, एक युवक ग्राहक, होटल सञ्चालक र सञ्चालिका छन् । प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।     विशेष सूचनाका आधारमा उक्त रेस्टुरेन्टमा छापा मार्दा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी युवतीले आफूलाई होटल सञ्चालकले बन्धक बनाएर जबर्जस्ती यौनधन्दा गर्न लगाएको बताएपछि होटलका सञ्चालक र सञ्चालिकालाई पनि पक्राउ गरेको प्रहरी निरीक्षक निरौलाले बताए । पक्राउ परेका पाँचैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.