नेपाली सिनेमा अवार्ड समारोहमा कसले कुन अवार्ड जिते

dipakraj-giri
नेपाल सरकारका सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको साथमा विभिन्न चलचित्रकर्मी र एनआरएन हङकङका पदाधिकारीहरुले ‘सातौ नेफ्टा फिल्म अवार्ड’को संयुक्त रुपमा उद्घाटन गरेका छन् । ‘रिद्धी सिद्धी सातौ नेफ्टा फिल्म अवार्ड’ लेखिएको कार्डलाई संचारमन्त्री, कलाकार तथा आयोजकले दर्शकमाझ प्रस्तुत गर्दै अवार्डको सुरुवात गरेका थिए । 
कार्यक्रममा आदिवासी चलचित्रलाई पनि अवार्ड वितरण गरिएको छ । कलाकारहरुको एकपछि अर्को प्रस्तुतीको साथमा अवार्ड समारोहलाई ‘वीपी इन्टरनेशनल होटल’को भव्य हलमा उपस्थित हङकङमा रहेका नेपालीहरुले मनोरञ्जन लिइरहेका छन् । nefta-aaward-uthgathan
नेपाली सिनेमाका अधिकांश कलाकारको  उपस्थिती रहेको अवार्ड समारोहमा कसले कुन अवार्ड जिते, अनलाइनखबरमा हामीले अपडेट गर्नेछौ ।
उत्कृष्ट लेखक : अर्पण थापा (धन्दा)
सर्वोत्कृष्ट पटकथा : सुवर्ण थापा (सुनगाभा)
सर्वोत्कृष्ट संवाद : दीपकराज गिरी (छ एकान छ)
सर्वोत्कृष्ट श्रृङ्गार : निमा लामा (धन्दा)
सर्वोत्कृष्ट पहिरन : निलिमा शर्मा (वितेका पल)
सर्वोत्कृष्ट नृत्य निर्देशक : रिनाशा राई (भिजा गल)
सर्वोत्कृष्ट द्वन्द्व निर्देशक : हिमाल केसी (वार)
सर्वोत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
सर्वोत्कृष्ट सम्पादक : लोकेश बज्रचार्य (कर्कश)
अभिनेता भुवन केसी  र एसएसपी रमेश खरेल क्रमश: ग्रेट पर्फेक्ट लिमिटेड र एनआरएन हङकङको तर्फबाट सम्मानित गरिएको छ । कार्यक्रममा बोल्दै एसएसपी रमेश खरेलले नेपाल आउादा शान्ती सुरक्षाको प्रत्याभुतीको आभाष हुने बताए ।
विज्ञापन गुरूको रूपमा निर्मल राज पौडेललाई नेपाल चलचित्र प्राबिधिक संघको तर्फबाट गरिएको छ । malina-and-nandita-dance
कार्यक्रममा नायकहरु गौरव पहारी, सुदर्शन थापा, दीलिप रायमाझी, नायिकाहरु नन्दिता केसी, मलिना जोशी, नीता ढुंगाना, केकी अधिकारी, पूजा शर्मा लगायतले नृत्य प्रस्तुत गरेका छन् । यस्तै, गायिका रजिना रिमाल, गायकद्धय सत्य-स्वरुपराज आचार्यलेे गीत प्रस्तुत गरेका छन् । कलाकारहरुको प्रस्तुतीले दर्शकलाई निक्कै मनोरञ्जन दिएको छ ।
सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (वधशाला)
सर्वोत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाइ नभन्नु ल २ )
सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा (रिदम)
सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
सर्वोत्कृष्ट म्यूजिक एरेन्जर : नव क्रान्ती ब्यान्ड (मोक्ष)
सर्वोत्कृष्ट गायक  (पुरुष) : स्वरुपराज आचार्य (रिदम)
सर्वोत्कृष्ट गायक (महिला) : मिलन अमात्य (नोटबुक)
सर्वोत्कृष्ट हास्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
सर्वोत्कृष्ट बाल कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
सर्वोत्कृष्ट खलपात्र : झरना थापा (कोही त छ )

सर्वोत्कृष्ट चरित्र अभिनेता : दयाहाङ राई (साँघुरो)
सर्वोत्कृष्ट चरित्र अभिनेत्री : अरुणा कार्की (साँघुरो)
सर्वोत्कृष्ट सह-अभिनेता : सन्दिप क्षत्री (छ एकान छ)
कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटालाई ‘महान संगीतकार’ र नायिका करिश्मा मानन्धरलाई ‘सदाबाहार नायिका’को रुपमा नेपाल चलचित्र प्राविधिक संघले सम्मान गरेको छ ।
sambugit-baskota-samman
karisma-samman-close
सर्वोत्कृष्ट सह-अभिनेत्री प्रियंका कार्की (नाइ नभन्नु ल 2)
सर्वोत्कृष्ट नव अभिनेता गौरव पहारी (मञ्जरी)
सर्वोत्कृष्ट नव अभिनेत्री पूजा शर्मा (मधुमाश)
सर्वोत्कृष्ट नव निर्देशक सुरज भूषाल (मौन)
प्रोत्साहन पुरस्कार स्वतन्त्र प्रताप शाह
पपुलर अभिनेत्री नम्रता श्रेष्ठ
पपुलर अभिनेता जीवन लुईटेल
पपुलर फिल्म छ एकान छ
श्रीकृष्णलाई कलाकारको श्रद्धाञ्जली
अवार्डको क्रममा माहोल केही संझनामा पुग्यो । स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको संझना गर्दै नायिका झरना थापाको साथमा नायकहरु जीवन लुइटेल, दीलिप रायमाझी, सुदर्शन थापाले नृत्य प्रस्तुत गरेका छन् । श्रीकृष्णका चर्चित गीतहरुमा उनिहरुले नृत्य प्रस्तुत गरेका छन् ।
सर्वोत्कृष्ट नायक : अर्पण थापा (धन्दा)
सर्वोत्कृष्ट नायिका : केकी अधिकारी (बितेका पल)
अवार्ड समारोहमा पपुलर नायिका नम्रता श्रेष्ठ, उत्कृष्ट नायिका केकी अधिकारी र अवार्ड सफल बनाउन विशेष सहयोग पुर्‍याउने नायिका झरना थापालाई ‘डायमण्ड फिस’ प्रदान गरिएको छ । यस्तै, पपुलर नायका जीवन लुइटेल र उत्कृष्ट नायक अर्पण थापालाई ‘सामसुङ एस ५’ प्रदान गरिएको छ ।
सर्वोत्कृष्ट  फिल्म : धन्दा
सर्वोत्कृष्ट निर्देशक : सुदर्शन थापा (धन्दा)
- See more at: http://www.onlinekhabar.com/2014/10/198661/#sthash.sbmgHYWT.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.