साहसिक बन्जीजम्प पोखरामा पनि, यस्तो छ दररेट

पोखरा, आश्विन १८ । साहसिक खेलको रुपमा परिचित बन्जीजम्प पोखरामा पनि सञ्चालनमा आएको छ । रमणीय पर्यटकस्थलको रुपमा परिचित पोखरामा पर्यटन प्रवद्र्धन गर्न नयाँ ‘प्रोडक्ट’ को रुपमा बन्जीजम्प सञ्चालनमा ल्याइएको हो ।

दुई वर्ष अघिदेखि पोखरामा ‘जिपफ्लायर’ सेवा सञ्चालन गरेको ‘हाइग्राउन्ड एडभेन्चर्स’ले बन्जीजम्प भित्र्याएकोहो । गोल्छा अर्गनाइजेसन र मंगलम् गु्रपको संयुक्त लगानीमा पोखरासँगैको हेम्जामा सञ्चालन गरिएको बन्जीजम्पमा आकर्षण देखिएको छ ।

पोखरालाई साहसिक पर्यटक गन्तव्यका रुपमा समेत परिचित गराउन पञ्जीजम्प सञ्चालन गरिएको प्रवन्ध निर्देशक अभिनव चुरिवालले बताए ।

डाँडाको ठुप्पोमा टावर खडा गरेर ४५ मिटर लामो पुल आकारको हामफाल्न मिल्ने ठाउँ बनाइएको छ । त्यसैबाट ७० मिटर तल रहेको याम्दी खोलाको किनारमा बनाइएको पानीपोखरीमाथि झुन्डिएर पर्यटकले मनोरञ्जन लिने गरेका छन् ।

बन्जीजम्पका लागि आन्तरिक पर्यटकले ३ हजार ४ सय ९० र विदेशीले ६ हजार ८ सय ९० रुपैयाँ तिर्नुपर्नेछ । स्थानीयलाई आधा छुट दिइएको छ ।

यस्तै, ‘जिपफ्लायर’ गर्दा नेपालीले ३ हजार ८ सय ९० र विदेशीले ६ हजार ४ सय ९० रुपैयाँ तिर्नुपर्छ । बन्जी र जिपफ्लायर सँगसँगै गर्दा स्वदेशीले ५ हजार ४ सय ९० र विदेशीले ९ हजार ९ सय ९० रुपैयाँ तिर्नुपर्नेछ ।

बन्जीजम्प गर्न कम्तिमा ३५ किलो तौल र ९ वर्ष उमेर माथिको हुनुपर्नेछ । १ सय २० किलो तौलसम्मकाले जम्प गर्न सक्ने बताइएको छ ।
- See more at: http://imagekhabar.com/samachar/detail/41967/30/.shtml#sthash.kb6WZN9E.imc3RvTs.dpuf

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.