गंगामाया अधिकारीले तोडिन् अनसन सरकार र गंगामायाबीच यस्तो छ ५ बुँदे सहमति !!

gangamayaकाठमाडौं, कात्तिक १– छोराको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनसनरत गोरखा फुजेलकी गंगामायाँ अधिकारीको अनसन तोडिएको छ । सरकारसँग ५ बुँदे सहमति भएसँगै उनले शनिबार राति अनसन तोडेकी हुन् । उनलाई  मानवअधिकारवादीको रोहबरमा कानुनमन्त्री नरहरी आचार्यलु जुस खुवाएर अनसन तोडाएका हुन् । सरकारले अधिकारीको छोराको हत्याका आरोपीलाई अदालतमा उपस्थित गराउन पहल गर्ने, गंगामाया र उनका छोरा नुरप्रसादको सुरक्षा जिम्मा लिने, अधिकारी परिवारलाई विशेष राहत दिने , उपचारमा अहिलेसम्म भएको खर्च र आगामी दिनमा उपचार तथा खानेवस्ने खर्च दिने लगायतको सहमति गंगामायाँसँग गरेको छ । सहमतिसँगै छोराको हत्यारालाई कारबाहीको माग गर्दै थालेको गंगामायाको ३६०  दिन लामो आमरण अनसन तोडिएको हो । अनशनकै क्रममा उनका पती नन्दप्रसादको भने गत असोज ६ गते निधन भएको थियो । तर, उनको अब अझै परिवारले बुझ्न मानेको छैन । उनको शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तत्कालिन माओवादीले २०६१ सालमा चितवनमा कृष्णप्रसादको अपहरण गरेर हत्या गरेको थियो । - See more at: http://www.ratopati.com/2014/10/18/175362.html#sthash.6rUd8Q24.oLXXRQpy.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.