धर्मशास्त्र अनुसार मानिसमा हुनुपर्ने ३२ लक्षणहरु !!!

हामीले कुनै पनि महिलामा ३२ लक्षण हुनु राम्रो भनेर सुन्ने गरेका छौँ ।
कुनै पनि महिलामा ३२ लक्षण हुनु धर्मशास्त्रमै राम्राे मानिन्छ ।  यद्यपी ३२ लक्षण भनेका के के हुन् हामीलाई थाहा नहुन सक्छ । मानिसले भन्ने गरेका ३२ लक्षण पढ्नुहोस ।

१. पद्मासनमा बस्दा वृत्ताकार –गोलो) आसनमा हुनु

२. हातका औँला लामा–लामा हुनु

३. औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु

४. छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु

५. शरीरमा विभिन्न सात सुगन्ध हुनु

६. हरिणका जस्ता फिला हुनु

७. गुप्ताङगहरु गुप्त रहनु

८. शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु

९. शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु

१०. काँध पुष्ट, चौडा र गोलो हुनु

११. पाखुरा राम्ररी फर्कने हुनु

१२. पाखुरा लामा हुनु

१३. सम्पुर्ण शरीर तेजोमय हुनु

१४. शंख समान घाँटी हुनु

१५. सोझो र सिंहको जस्तो चिउँडो हुनु

१६. ३२ वटा दाँत हुनु

१७. चम्किला र टमक्क जोडिएका दाँत हुनु

१८. समान मिलेका दाँत हुनु

१९. बंगारा स्वच्छ र सुन्दर हुनु

२०. जिब्रो लामो हुनु

२१. विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु

२२. पातलो स्वर हुनु

२३. बिभिन्न विषयमा ज्ञानको चासो राख्ने बानी हुनु

२४. कुरामा अडिक रहनु

२५. आँखीभौँका बीच रौँकै कोमल र सूक्ष्म रेखा हुनु

२६. मिलेको कपाल हुनु

२७. अल्छी नहुनु

२८. अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु

२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु

३०. चमक्क चम्किने केश हुनु

३१. स्वभाव लज्जालु हुनु

३२. दुढ स्वभाव हुनु
- See more at: http://nepaliheadlines.com/2014-10-18-02-28-49.html#sthash.d06ALTLZ.9dEGRkM7.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.