एक्लै हुँदा महिलाले गर्ने कस्ता काम गर्छन् पुरुष ?

एजेन्सी ।  सबैजना पुरुषहरु मान्छन् कि कुनै कामहरु उनीहरु महिलाले गर्ने तरिकाले गर्न रुचाउँछन् । उनीहरु यस्ता काम आफू एक्लै भएको बेला र आफ्नो मुडलाई राम्रो बनाइराख्न गर्छन् । आउनुहोस्, कस्ता कामहरुलाई महिलाले गर्ने काम भनिन्छ ।

१. आफ्नो पार्टनरको क्रिम प्रयोग गर्ने, फेशियल क्रिम लगाउने र शावरमा नुहाउने । कहिलेकाँही पुरुषहरु फ्रुट फेसप्याकको पनि प्रयोग गर्ने गर्दछन् ।
२. जब कोहि पनि हुँदैनन् तब बेडरुममा नाच्ने ।
३. कुची–पुची गरेर माया गर्ने ।
४. बाहिर निस्कनुभन्दा अगाडि धेरै प्रकारको कपडाहरु फेर्ने
५. पटक–पटक ऐनाको अगाडि आफूलाई नियाल्ने र पहिलाको भन्दा राम्रो देखिएको छु भनेर सोच्ने
६. म्यानिक्योर÷ प्याडिक्योर गर्नु त्यो पनि आफ्नो पार्टनर नभएको बेलामा अथवा बाथरुममा
७. फिल्म हेर्दा रुने । तपाईंले आफूले आफैँलाई भावुक नभएको जस्तो देखाए पनि फिल्म हेर्दा धेरैजसो रुनु हुन्छ ।
८. अनुहारमा डण्डिफोर भएको अवस्थामा मेकअप गरेर त्यसलाई लुकाउन प्रयास गर्नु । धेरैपटक तपाईं महिलाद्वारा प्रयोग गरिने घरेलु उपचार प्रणाली पनि अपनाउने गर्नुहुन्छ ।
९. महिलाको म्यागजिन पढ्नुः म्यागजिनको हरेक अंकलाई पढ्नु र त्यसको अर्को संस्करणलाई व्यग्रताका साथ प्रतिक्षा गर्नु, विशेषगरि महिलाको समस्याको कोलमको बारेमा ।
१०. बाथरुममा नुहाउने क्रममा रोमान्टिक गीतहरु गुन्गुनाउनु ।
यस्तो हरेक पुरुषले गर्ने गर्दछन् तर जब कोहि महिलाले यस्तो गरेको खण्डमा पुरुषहरु रिसाउने गर्दछन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.