सेन्सरले दु:ख दिएको भन्दै सर्‍यो ‘आगो २’

२०७१ असोज २६ गते
चलचित्र सेन्सर बोर्डले आफूहरुलाई दु:ख दिएको भन्दै ‘आगो २’ को निर्माण यूनिटले असोज ३१ गते सिनेमा प्रदर्शन गर्न नसक्ने जनाएको छ । उसो त, सिनेमा चलाउनका लागि सेन्सरले झमेला दिएको भन्ने स्क्यान्डल नेपाली सिनेमाका निर्माताहरुले बारम्बार झिक्दै आएका पनि छन् ।
सेन्सर बोर्डले बारम्बार बोलाएर पनि समय नदिएपछि आफूहरुलाई ठूलो क्षती पुगेको निर्माणपक्षले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । निर्माता कर्ण थापा र एस.के. एन सिनेमा प्रालीका अध्यक्ष किसान पोख्रेलले जारी गरेको विज्ञप्तीमा गणतन्त्र आएपछि पनि सेन्सर बोर्डको दृष्टिकोणमा परिवर्तन नआइसकेको जनाइएको छ ।
चलचित्र नै नहेरी प्रदर्शन गर्न नदिने नियत सेन्सरले बनाएको भन्दै बाध्य भएर आफूहरु अदालतको ढोकासम्म पुग्ने धम्की निर्माणपक्षले दिएको छ । मदन घिमिरेको निर्देशनमा बनेको यो सिनेमामा सुशिल क्षेत्री, गणेश गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । यससँगै सिनेमाको प्रदर्शन मिति अनिश्चित बनेको छ ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.