५० लाख लुट्ने लुटेरा यसरी परे प्रहरी फन्दामा

महोत्तरी, २६ असोज । ५० लाख रुपियाँ लुट्ने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीस्थित सहयोगी विकास बैंक गौशाला शाखामा ल्याउँदै गरेको रकम लुट्नेमध्येका सर्लाही हरिपुर– २ पचगछिया टोलका ३२ वर्षीय सञ्जीव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई दशैँमा घर आएका बेला विशेष सुराकीका आधारमा सर्लाहीको हरिपुर– ९ मा रहेको भट्टी पसलबाट पक्राउ गरेको हो ।
उनीसहितको समूहले २०७० साल जेठ २९ गते महोत्तरीको गौशला– ८ मा रहेको पचाइन पुल नजिकै बन्दुक देखाएर ५० लाख रुपियाँ लुटेका थिए ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.