हिन्दुराष्ट्र बिनाको सविधान मान्य नहुने : कमल थापा

वीरगञ्ज, असोज ३०–असोज राष्ट्रि«य प्रजातन्त्र पार्टिका केन्द्रिय अध्याक्ष कमल थापाले हिन्दुराष्ट्र बिनाको सविधान आफुहरुलाइ कुनैपनि हालतमा मान्य नहुने बताएका छन् । विहिबार वीरगन्जमा पार्टीको तराइ मधेश राष्ट्रिय सम्मेलनको समापन समारोहमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले यस्तो बताएका हुन । उनले केहि पार्टिहरुले गरेको निर्णयको अधारमा हिन्दु राज्य बिनाको जर्वजस्ती लादिएको सविधान आफुहरुलाइ कुनै पनि हालतमा मान्य नहुने बताउदै गणतन्त्र,धर्मनिरपेक्षता र सघियताको बारेमा जनमत संग्रहबाट आएको परिणामबाट नै सविधान निर्माण हुनु पर्ने आफनो पार्टिको धारणा रहेको बताए । थापाले राजनीतकि पूर्वाग्रहका कारण आफ्नो भाई गणेश थापालाई फँसाउन खोजेको आरोप समेत लगाए । उनले राजनीतिक पूर्वाग्रहकै कारण अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा सभासद थापालाई लेखा समितिले छानबिन गरेको समेत आरोप लगाए। सम्मेलनबाट बृजलाल यादव को अध्यक्षताम ३७ सदस्यीय कार्यसमिति चयन गरिनुको साथै बुदे घोषणा पत्र जारी भएको छ । सम्मेलनमा तराईका २२ जिल्लाका ५ सय ५० प्रतिनिधि सहभागी भएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.