संसारको महङगो फल 'मेकाडामिया नट'

पोखरा , असोज ३०–पोखराको बागबानी कृषि अनुसन्धान मालेपाटनमा संसारको महङगो फल मेकाडामिया नटको उत्पादन शुरु भएको छ । नेपालमा सन १९६२ मा त्रिशुली फार्ममा भित्रिएको मानिने यसको विरुवा मालेपाटनमा भने २०४९ सालमा बाट परिक्षणको रुपमा शुरु गरीएको बागबानी कृषि अनुसन्धान मालेपाटनका प्रमुख टिकाराम चापागाईले बताए । मालेपाटनमा पाँच सय विरुवा लगाएकोमा अहिले दुई सय विरुवा बाट उत्पादन दिन शुरु गरेको चापागाईले बबताए । खान मिल्नेगरी तयार गरीएको मेकाडामियाको मुल्य डिपार्टमेन्टल स्टोरहरुमा किलोको ३३ सय भन्दा बढि पर्ने गरेको उनले बताए । अहिले बजार पनि राम्रो रहेकोले कृषकहरु यस प्रति आर्कषित हुदै गएको उनले बताए । एउटा बोट बाट१०– १५ बर्ष पछि १५ देखि २५ केजी सम्म बोक्रा हटाइएको फलको उत्पादन लिन सकिन्छ । पश्चिमाञ्चल विकास क्षेत्रका स्याङजा कास्की तनुहं लगायतका जिल्लामा कृषकहरुले ब्यबसायिक रुपमा शुरु गरीएको बताइएको छ ।स्याङजाको मट्टीखानमा कृषक प्रेम गुरुङले आफुले दुई सय विरुवा रोपेको बताए । उनले आफुले ५ सय विरुवा लगाउने लक्ष्यरहेको पनि बताए । असिनाले पनि खासै नोक्सान नगर्ने स्वास्थ्यको लागी पनि लाभदायक रहेकोले धेरै उपभोक्ताको आर्कषण बढेको बताइएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.