पारसबिरुद्ध लागूऔषध कारोबारीकै मुद्दा

२६ असोज, काठमाडौ ।

पटक पटक अवैध लागू औषध कारोबारमा पक्राउ पर्दे छुट्दै आएका पूर्वयुवराज पारस शाहलाई थाइ प्रहरीले लागू औषध कारोबारकै रुपमा मुद्दा चलाउने भएको छ ।

थाइल्याण्डस्थित नेपाली दूताबासलाई जानकारी गराएर थाई प्रहरीले लागू औषध अन्तर्गत आइस ड्रक्स बरामद गरेकाले उनलाई कारोबारीकै रुपमा मुद्दा चलाउने जानकारी दिएको उच्च स्रोतले जनाएको छ ।

नेपालका पूर्वयुवराजसमेत भएकाले नेपाली सुरक्षा निकायलाई समेत यस विषयमा जानकारी गराइसकेको प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले भन्यो । आजको राजधानी दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.