इबोला संक्रमित १५ नेपाली सशस्त्र सेना लाइबेरियाबाट फर्किदै


काठमाडौं । विश्वभर चर्चित रहेको महामारी रोग भनेर चिनिने इबोलाको संक्रमण बढिरहेका बेला नेपालमा समेत यसको त्रास बढेको छ । पछिल्लो समय लाईबेरियामा पुगेका सशस्त्र नेपाली सेना मध्येका १५ जना सेना आज राती नेपाल ल्याइदैछ । इबोलाको शंका गरिएका यी सेनाहरुलाई काठमाडौको टोखा स्थित भैरवनाथगणको अल्ले ब्यारेकमा राखिने भनिए पनि युएन शान्ति मिसन शसस्त्र तालीम केन्द्र ककनीमा राखिने बुझिएको छ । तयारी भइरहेको शसस्त्र प्रहरीको विशेष स्रोतले न्युज अभियान डटकमलाई बताएको छ ।

आजै लाईबेरियाबाट १५ जना शसस्त्र प्रहरी( नेपाली सशस्त्र सेना )राती १० बजे त्रिभुवन विमानस्थलमा आउँदैछन् उनीहरुलाई इबोला भएको शंका गरिएको छ , त्यसकारण सिधै युएन शान्ति मिसन शसस्त्र तालीम केन्द्र ककनीमा ब्यारेकमा राखी स्वास्थ्य निगरानी बढाइने स्रोतको दाबी छ ।

इबोलाको शंका गरिएका सशस्त्र सेनाहरु केहि दिन स्वास्थ्यकर्मीको निगरानी रहने बताइएको छ । सशस्त्र सेनाका लागि छुट्टै खाने बस्ने ब्यबस्था भएको स्रोतले बतायो ।   शसस्त्र प्रहरी नेपाली सशस्त्र सेना हुनुपर्नेमा अन्यथाकोले समाचार सच्चाइएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.