काठमाडौं, भाद्र २२ । अमेरिकाको न्युयोर्क प्रशासनले बलात्कारको अभियोगमा विगत ७ देखि १३ वर्षसम्मको सजाय काटेका ५ युवकहरुलाई हर्जानास्वरुप ४ करोड ५ लाख अमेरिकी डलर उपलब्ध गराएको छ । अमेरिकाको न्युयोर्कस्थित अदालतमा बलात्कारीको अभियोगमा विगत ७ देखि १३ वर्षसम्म सजाय भोगिसकेका ५ युवकहरु निर्दोष सावित भएपछि हर्जानास्वरुप रकम उपलब्ध गराउन बाध्य भएको हो ।
/>
सन् १९८९ मा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेकै पाँचैजना युवकहरु सन् २००२ मा जेलमुक्त भएका थिए । जेलमुक्त भएलगत्तै आफूहरु निर्दोष रहेको दाबीसहित अमेरिकाको सर्वोच्च अदालतमा पुनरावेदन गरेका ती युवकहरु निर्दोष सावित भएका हुन् ।
यद्यपि, यी पाँच काला जातीका युवकहरुले सेन्ट्रल पार्क फाइब नामले विभिन्न आपाराधिक गतिविधिहरु गर्दै आएका थिए । (एजेन्सी)
सामूहिक बलात्कारको अभियोग झूठो सावित, ४ करोड डलर क्षतिपूर्ति
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses