दसैंको टिकट बुकिङ खुला
यात्रुको सुविधाका लागि राजधानीको नयाँ बसपार्क, पुरानो बसपार्क,कलंकी, कोटेश्वर, गौशाला, सुन्धारालगायत १० स्थानबाट टिकट बुकिङको व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
आजदेखि गण्डकी अञ्चल बाहेकका सबै स्थानमा जाने बसहरुको टिकट बुकिङ खुला भएको जनाइएको हो । गण्डकी अञ्चल जाने बसको टिकट भने आश्विन ५ गतेबाट अग्रिम बुकिङ खुला गरिने जनाइएको छ ।
दसैंमा करिब ३५ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यसमध्ये अधिकांश सडकमार्ग नै भएर जिल्ला जाने गरेका छन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/41321/30/.shtml#sthash.ZqTf1475.GxUdyMr7.dpuf
0 comments
Write Down Your Responses