श्रीलाई सम्झिँदै श्वेताले यसरी लेखिन् मर्मस्पर्शी कविता (कवितासहित)


भारतको नयाँ दिल्लीमा विवाह भएको एक महिना नबित्दै श्रीमान् गुमाएकी श्वेताको मन अझै थामिएको छैन।
कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुनासाथ श्रीमानको कुरा आउँदा आँखा अझै रसाउँछन् उनका।
पतिवियोग सहन उनलाई निकै गाह्रो भइरहेको उनको व्यवहार र आँसुका धाराले पुष्टि गरिरहेको छन्। अरूसँग कमै मात्र बोल्ने उनी प्राय एकान्तमै बसेर सोचिरहेकी हुन्छिन्। श्वेताले केहि दिन पहिले आफू र श्रीको दुईवटा फोटोहरु फेसबुकमा पोष्ट गरि आफ्ना भित्रि वेदनाहरु भगवानसँग गुनासो गरेकी थिइन्। यसैगरी मंगलरबा पनि उनले आफ्नो फेसबुकमार्फत आफ्ना भावनाहरु कविताका रूपमा यसरी विसाएकी छन्। हेरौँ उनका कविता उनकै शब्दमा 
अनेक कोसिश गर्छु म अगाडि हिड्न 
तर म आज आफैंलाई समाल्न सक्दिन ,
भन्थे जीन्दगीका हरेक मोडमा संघर्ष गर्छु
तर म आज आफैंलाई समाल्न सक्दिन ,
कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
दैब लाग्नुको पनि एउटा सीमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसँग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.