बलिउड अभिनेत्री वेश्यावृत्तिको आरोपमा पक्राउ !!

भारतीय अभिनेत्री श्वेता बसु प्रसाद वेश्यावृत्तिको आरोपमा हैदरावादमा पक्राउ परेकी छन्। २३ वर्षीय अभिनेत्री हैदरावादस्थित एक होटलमा आइतबार आपत्तिजनक अवस्थामा पक्राउ परेकी हुन्।

सन् २००२ मा भारतीय फिल्म 'मक्दी'का लागि सर्वोत्कृष्ट बालकलाकारको नेसनल अवार्ड पाएकी भारतीय अभिनेत्री श्वेताले त्यसपछि थुप्रै हिन्दी सिनेमा, टिभी सिरियलहरु र तेलगु फिल्ममा अभिनय गरेकी थिइन्। प्रहरीसँगको बयानमा उनले पैसाको अभाव भएपछि परिवारका लागि यस्तो काम गर्नुपरेको बताएकी छन्।
इन्डिया टुडेका अनुसार श्वेताले बलिउड फिल्मका थुप्रै अभिनेत्री बेश्यावृत्तिमा रहेको समेत बयानमा उल्लेख गरेकी छन्।
श्वेताले भनेकी छिन्, 'मैले व्यवसायिक जीवनमा गलत निर्णयहरू गरेँ जसका कारण म पैसाविहिन भएँ। मैले मेरो परिवार र केही राम्रा कामलाई सहयोग गर्नुपर्छ। मेरा लागि सबै ढोकाहरू बन्द भए र केही व्यक्तिले पैसा कमाउनका लागि वेश्यावृत्ति गर्न प्रोत्साहन गरे। मसँग अन्य केही विकल्प थिएन जसका कारण म यस्तो गर्न विवश भएँ। यस्तो समस्या भोग्ने म एक्ली होइन, कैयन हिरोइनहरु यस्तो स्थितिबाट गुज्रिसकेका छन्।'

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.