इबोलाको औषधिको परीक्षण शतप्रतिशत सफल

विश्वलाई नै त्रस्त बनाएको इबोला भाइरसको संक्रमणपछि मृत्युको दर ९० प्रतिशत रहने भएपछि दक्षिण अफ्रिकी मुलुकमा यसले धेरैको ज्यान लिएको छ । उपचारमा संलग्न चिकित्सक नै संक्रमित हुन थालेपछि यस्तो समस्या देखा परेको हो ।

पश्चिम अफ्रिकामा अहिले करिब २० हजार इबोला संक्रमित रहेको अनुमान लगाइएको छ । उक्त क्षेत्रमा हालसम्म इबोला संक्रमणबाट १५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।Ebola-outbreak-At-least-59-dead-in-Guinea

यस्तोमा यो रोगको औषधिको सफल परीक्षण हुनु आफैंमाा सुखद सन्देश मानिएको छ । केही दिन अघि जापानले इबोलाको औषधि बनाएको दावी गरेको थियो ।

यसबीचमा इबोलाको उपचारका लागि प्रयोग हुनसक्ने औषधिको बाँदरमा सफल परीक्षण गरिएको छ । १८ वटा बाँदरमा गरिएको परीक्षण शतप्रतिशत सफल भएको अनुसन्धानकर्ताले बताएका छन् ।

नेचर नामक पत्रिकामा प्रकाशित रिपोर्टअनुसार क्यानडाको विनिपोमा गरिएको परीक्षणपछि यो ‌औषधी इबोलाबाट संक्रमित मानिसका लागि पनि उपर्युक्त हुनसक्ने अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँछन् ।

यो इबोलाको औषधीका रुपमा गरिएको पहिलो परीक्षण हो । जसमा बाँदरलाई जिम्याप नामक भाइरसबाट संक्रमित बनाएर पाँच दिनपछि उपचार गरिएको थियो, जुन सफल भयो ।

तर, यो औषधी ७ जना संक्रमित मानिसमा प्रयोग गरिएकोमा २ जनाको पछि मृत्यु भएको थियो। त्यसैले, यो परीक्षणकै क्रममा रहेको छ ।

अहिले परीक्षण गरिएको औषधि तत्काल सबै संक्रमित क्षेत्रमा पर्‍याउन भने नसकिने अनुसन्धानकर्ताले बताएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.