फिल्ममा काम गर्दा गर्दै अर्गानिक तरकारी खेती सुरु गरेकी बिनिता बराल अहिले नायिका कम र किसान बढी जस्तो हुन पुगेकी छिन् । टोखामा तीन रोपनी जग्गावाट सुरु भएको उनको तरकारी खेती अहिले दश रोपनीमा बिस्तार भएको छ ।
अर्गानिक खेती सुरु गरेपछि नै हो, सामाखुसीमा अर्गानिक तरकारी पसल सुरु गरेकी छिन् । सुटिङ नहुँदा प्रायः बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ देखि ८ बजेसम्म उनी पसलमै हुन्छिन् ।
‘अरु काम भएन भने म पसलमै हुन्छु फिल्मवालासंग त मैले के रमाइलो गरेको थिएँ र तरकारी किन्न आउनेहरुसँग त्यति रमाइलो गरेको छु ।’ उनले भनिन् ।
तरकारी खेती सुरु गरेपछि जीवनका केही नयाँ आयामहरु भेटेको अनभुव गरेकी बिनिताको बुझाईमा अहिले नेपाली समाजले खेतीपाती गर्नेहरुलाई हेप्ने गरेको छ । उनी भन्छिन-‘खेती गर्नेहरु वास्तवमै राष्ट्रवादी हुन्, उनीहरुको सम्मान गर्नुपर्छ ।’ कृषिलाई आधुनिकीकरण गरेर किसानलाई ब्यबसायिक बनाए मात्रै मुलुक सम्पन्न हुन्छ जस्तो लाग्छ उनलाई । भन्छिन-‘देश बनाउने हो भने कृषिको विकल्प छैन ।’
बुद्धि पछि मात्रै आयो
सिनेमामा काम सुरु गरेपछि खेतीको वारेमा बुझेकी बिनिताले पहिलो पटक कुटो कोदालो चलाएको टोखामै आएपछि हो । जबकि चितवनमा जन्मेकी बिनिताले आफ्ना घरमा बा आमा र छिमेकीले खेती गरेको देखेकी थिईन्, तर, कहिल्यै एक क्वाप खनिनन् ।
‘मेरो बुद्धि पछि मात्रै आयो, घरमा एकदिन पनि खेतवारीको काम गरिन् ।’ बिनीता भन्छिन् । बाबा ममीले पनि आफूलाई खेतीको लागि काम नअराएको बताउँछिन् उनी ।
दशैंमा काउली र गोलभेँडा
अहिले बिनिताको तरकारी बारीमा फर्सी, काँक्रो, फर्सिको मुन्टा, घिरौंला, चिचिण्डा र गोलभेँडा छन् । दशैँको लागि भनेर काउली तयार गर्दैछिन् । दशैँमा काठमाडौमा गोलभेडाको भाउ महंगो हुन्छ भन्ने थाह छ उनलाई । ‘दशैँमा प्राय सबै तरकारी महंगो हुन्छ, गोलभेडा र काउली बेचेर लगानी उठाउने योजनामा छु ।’ उनले भनिन् ।
तरकारीवाट राम्रै आम्दानी गरेकी बिनिता अहिले गाईपालन वारे अध्ययनमा जुटेकी छिन् । भाग्यमा विश्वास गर्ने विनिताले भनिन् ‘भाग्यले साथ दियो भने मंसिर तीरवाट गाईपालन पनि सुरु गर्छौ ।’
बिनिता अब गाईपालनतिर, बाटोमा तरकारी बेच्दै
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses