नेपालले उज्वेकिस्तानलाई बराबरीमा रोक्यो

काठमाडौं, भाद्र २२ । एएफसी यु–१६ एसिया कप फुटबल च्याम्पियनसीपमा नेपालले साविक विजेता उज्वेकिस्तानलाई बराबरीमा रोकेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई १–१ गोलको बराबरीमा रोकेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा उज्वेकिस्तानले एक गोल ग¥यो । ५३औं मिनेटमा प्राप्त पेनाल्टी
अवसरलाई उज्वेकिस्तानका कुचिनोभले गोलमा बदलेका हुन् ।

यसपछि आक्रामक खेल खेलेको नेपालले अतिरिक्त समयमा बराबरी गोल गरेको हो । अतिरिक्त समयको तेस्रो मिनेटमा नेपालका किरण सुनारले उक्त गोल गरेका हुन् ।

नेपालका भरपर्दा खेलाडी विमल घर्तीमगरले आजको खेल खेलेका थिएनन् । काठमाडौंमै भएको छनोट चरणका दुई खेलमा पहेंलो कार्ड खाएका विमलले मुख्य प्रतियोगिताको पहिलो खेल गुमाएका हुन् ।

प्रतियोगिताको साविक विजेता उज्वेकिस्तान एसियाको जुनसुकै उमेर समूहको दावेदार टोली हो । उज्वेकिस्तानलाई बराबरीमा रोकेसँगै नेपाल हौसिएको छ ।

नेपालले अब दोस्रो खेलमा आगामी मंगलबार कुवेतसँग खेल्नेछ भने अन्तिम खेलमा विहीबार उत्तर कोरियासँग खेल्नेछ । १६ टोली सहभागी एएफसी यु–१६ फुटबल च्याम्पियनसीपबाट ४ टोली अर्को वर्ष हुने यु–१७ विश्वकप फुटबलका लागि छानिनेछन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.