गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ
शुक्रबार सेन्ट्रल प्यासिफिक कोष्टबाट ९ जना अबैध आप्रवासीलाई पक्राउ गरेको थियो जसमध्ये ७ जना नेपाली थिए भने दुई जना बंगलादेशी । उनीहरुलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार पनामा सीमा क्षेत्रबाट थप २७ जना पक्राउ परेका छन जसमध्ये सवै नेपाली हुन् । इक्वेडरबाट कोष्टारिका हुादै निकारागुवातर्फ लैजाने क्रममा उनीहरु बसेको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक सुरक्षामन्त्री सेलो गाम्बाले स्थानीय टिको टाइम्स पत्रिकालाई भने-‘उनीहरुको अन्तिम गन्तब्य संयुक्त राज्य अमेरिका रहेको पाइएको छ, मानव बेचबिखनमा संलग्न गिरोहको पहिचान गर्ने कोसिस गरिरहेका छौं ।’
0 comments
Write Down Your Responses