लाशको सुकुटी ! (फोटोफिचर)

पपुवा न्युगिनीको मोरोब पहाडि क्षेत्रका भिरहरुमा झुण्डाइएका लासहरु मानिसलाई हेरेर मुस्कुराइरहेका जस्ता लाग्छन् ।



सुकुटी बनाएजस्तो गरी आगोमा पोलेर राखिएका लासहरु वर्ष पुराना समेत छन् र केही आलो पनि ।

लासको बाहिरी भागमा रातो दलिएको छ र ती लास बाँसका पिंजडा भित्र राखेर झुण्डाइएका छन् ।

उक्त आदिवासी इलाकामा पुग्ने जो कोही बाहिरिया मान्छे जताततै झुण्डिएका लास देख्दा डराउछन तर दुर्गम भेगका ती आंगा आदिवासीका लागि भने लासको यस्तो अवस्था निकै गर्वको विषय हो । उनीहरुका लागि लासलाई यसरी राख्नु भनेको मृतक प्रतिको सबैभन्दा ठूलो श्रद्धा हो । मानिस मरिसकेपछि एक जना सिपालु मलामीले पैताला, घुँडा लगायतका ठाउँहरुमा काटेर शरीरभित्रको बोसो निकाल्छ त्यसपछि लासको मलद्वारबाट बाँसको एक टुक्रा घुसाएर निकालिन्छ । उक्त बाँसको लठ्ठीमा टाँसिएर आएको पदार्थ उनीहरुको लागि निकै पवित्र हुन्छ ।dead 4

लासबाट निकालिएको बोसो तथा मलद्धारबाट निकालिएको पदार्थ मृतकका आफन्तले आफ्नो जिउमा घस्दछन् । यसरी मृतकको बोसो र मल जिउमा दल्दा मृतकको शक्ति स्थानान्तरण हुने विश्वास गरिन्छ । बाँकी रहेको बोसो खाना पकाउने घ्यु को रुपमा प्रयोग गरिन्छ । शरीरमा रहेका विभिन्न प्वालहरुबाट हावा छिरेर मासु नकुहियोस भन्नका लागि लासको आँखा, मुख तथा मलद्वारारलाई बन्द गरेर सिलाइन्छ । खुट्टाको पाइताला, हातको हत्केला तथा जिब्रो काटेर पुरुष भए श्रीमती र महिला भए श्रीमानलाई दिइन्छ ।dead 1

बाँकी रहेको शरीरलाई विशेष खालको अँगेनामा राम्रोसँग पोल्छन् । सामान्य रुपमा पोलिसकेपछि लासलाई माटोले लेपन गरिन्छ माटोले प्निुको अर्थ गिद्ध तथा कुकुर लगायतले नखाउन् हो । त्यसपछि लासलार्य मोरोबको उच्च पहाडि क्षेत्रका भिरमा लगेर विशेष खालको बाँसको पिँजडामा राखेर झुण्डाइन्छ । अहिले पनि भीरहरुमा २ सय वर्ष पुराना लास समेत रहेका छन् । विशेष समारोहमा लासहरु तल झार्ने र समारोह सकिएपछि फेरि माथि लगेर झुण्डाउने समेत गरिन्छ ।dead 3

ती लासको हेरचाहका लागि गाउँको नाइके नै खटाइएको हुन्छ । यद्यपि पपुवा न्युगिनीमा यस्तो प्रथा सन् १९७५ देखि प्रतिबन्धन्त छ, तथापि केही दुर्गम गाउँमा भने यो बिनारोकटोक चलिरहेको छ ।
- See more at: http://nepaliheadlines.com/2014-09-10-07-29-17.html#sthash.UccTvewF.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.