माओवादी युद्धको कथा कुमारी हलमा
छोटा फिल्महरुको मेला ‘एकादेशमा’ १९ देखि २१ सेप्टेम्बरसम्म काठमाडौंको कुमारी हलमा हुने भएको छ भने, तीन देशका तीन फिल्म प्रदर्शन गरिने भएको छ ।
कार्यक्रममा नेपाली सिनेमा काफल पाक्यो, भारतीय सिनेमा तमास र जर्मनी फिल्म र्याप्ड प्रदर्शन हुने भएको छ । नीरन्जन भेटवाल निर्देशित ‘काफल पाक्यो’मा माओवादी द्धन्द्धकालिन गाउँको कथा प्रस्तुत गरिएको छ । १६ मिनेटको उक्त फिल्ममा माओवादी द्धन्द्धको असर परेको एउटा परिवारको कथा प्रस्तुत गरिएको छ ।
भारतीय राष्ट्रिय अवार्ड समेत पाएको भारतीय सिनेमा तमासमा कास्मिरी वालक र कास्मिरको शिक्षण पद्धतिलाई प्रस्तुत गरिएको छ । सत्यांशु र देवांशु सिंहको निर्देशन रहेको तमास ३० मिनेट लामो छ ।
मान्छेले बाँच्नका लागि गरेको संघर्ष र प्रकृतिको प्रेम समेटिएको जर्मनी फिल्म र्याप्ड जम्मा ४ मिनेट लामो छ । चार मिनेटको फिल्मको निर्देशक भने फ्लोरियन विटम्यान, रोमन कालिन र काल्को पेपरले निर्देशन गरेका छन् ।
0 comments
Write Down Your Responses