सुनकोशी तालको उपयोग

सुनकोशी तालको उपयोग समाचार 0
काठमाडौं । जुरेको पहिरोले सुनकोशीमा बनाएको ताल फुट्छ कि फुट्दैन? त्यसको जोखिम कति छ? अनि उक्त प्राकृतिक ताललाई जस्ताको तस्तै रहन दिएर स्थानीय जनताको जीविकोपार्जनको श्रोत बनाए के हुन्छ? अथवा पर्यटन स्थलका रुपमा प्रयोग गर्दा कसो होला भन्ने जस्ता प्रश्नमा अहिले सर्वसाधारण जनतामा मात्र हैन जानकार विशेषज्ञहरुबीच पनि बहस, चर्चा, परिचर्चा भइरहेको पाइन्छ। सुनकोसी विपत्तिको प्रकृति धेरै जटिल र संवेदनशील छ र उपयुक्त निर्णय हुन नसके यसले एउटा क्षेत्रमा मात्र नभई समाजको धेरै क्षेत्रमा लामो समयसम्म स्थानीय जनताको सुरक्षा, जीविकोपार्जन, व्यापार व्यवसाय, पर्यटन, बिजुली उत्पादन, पानीको उपयोग, कृषि, वन, वातावरण क्षेत्रमा गम्भीर असर पुर्यामउनेछ। यसैगरी अहिले विचार पुगेन भने यस्तै विपत्ति पनि दोहोरिन सक्छ।

यस तालको भविष्यका विषयमा निर्णय गर्दा तीन चार ओटा प्रमुख विषयलाई दृष्टिगत गर्नु जरुरी देखिन्छ। पहिलो त पहिरोले आाफै बनाएको यो बाँध कति बलियो होला भन्ने नै हो। विशेष अनुसन्धान नगरी यो ताल जोखिमरहित छ भन्नसकिने कुनै आधार देखिंदैन। तर, अहिलेसम्म यस सम्बन्धमा कुनै सूक्ष्म अनुसन्धान गर्नेतिर ध्यान दिइएको छैन। सरकारको सम्पूर्ण संयन्त्र बााध फुटाउने काममै केन्द्रीत भएर लागिपरेको छ।

अहिलेसम्मको सतही अनुसन्धानअनुसार पहिरो कम्तीमा पनि दुई मुख्य चरणमा गएको देखिन्छ। पहिलो चरणमा मानव बस्ती भएको पहाडको मध्य र तल्लो भागमा रहेको माटो र कमजोर चट्टानसहितको भूभाग तल खसेको र दोश्रो चरणमा पहाडको माथिल्लो मुख्य चट्टानी भूभाग अति तीव्र गतिमा एक अर्कासंग ठोकिई खोलातिर खसेको हुनुपर्छ। यसैले दोश्रो चरणमा खसेको चट्टानी भाग पहिलो चरणमा खसेको सानो आकारको माटाको थुप्रोमाथि बसेको हुनुसक्छ। यसले गर्दा माटो र ढुङगाको विभिन्न तह यस बाँधको मुख्य संरचना हुनुपर्ने देखिन्छ। दोश्रो चरणमा खसेको चट्टानी भूभागमा पनि चट्टान एक आपसमा ठोकिदा बनेका चट्टानका साना साना टुक्रा, चट्टानी धुलो र उडेका चट्टानबाहेक अरु बिस्तारै चिप्लिएका चट्टानले आाफूसागै लिएर आएको माटो पनि सागै मिसिएर यो बााध ढुङगा र माटोको संयुक्त संरचनाका रुपमा बनेको हुनुपर्छ। यसलाई बाँधबाट देखिने गरी पानी नचुहिएको अहिलेको स्थितिले प्रमाणित गर्छ। चट्टानमा माटो नमिसिएको भए ढुङगाढुङगाका बीचमा खाली ठाउा हुन्थ्यो अथवा टााड पर्न जान्थ्यो र त्यहीाबाट केही न केही पानी चुहिएको देखिन्थ्यो। अहिलेको अवस्थामा त माथि गरिएको अनुमान नै यथार्थ रहेछ भने पनि बााधको दिगोपनामा अर्को प्रश्न जन्मिन्छ। माटोमा त वनस्पतिजन्य र प्राणीजन्य पदार्थ पनि पक्कै मिसिएका छन्। बााध फुटेमा तल्लो तटीय क्षेत्रमा बाढीले ठूलो जनधनको क्षतिलाई कसैले पनि टार्न सक्नेछैन। संसारका अन्य यस्तै प्रकृतिका ताललाई हेर्ने हो भने धेरै ठाउामा डेढ दुई महिनामा यस्ता ताल आफै फुटेका उदाहरण छन् र तिनले जनधनको ठूलो क्षति गरेका छन्। यसको तात्पर्य के हो भने बााधको स्थायित्वका सम्बन्धमा हामीले बाँधको सतहदेखि पिाधसम्मको ढुङगा माटाको किसिम, संरचना र विवरणजस्ता विषयको सूक्ष्म अध्ययन गर्नु जरुरी छ। यसैगरी तालमा भएको पानी, यसको शक्तिर चाप अनि बााधले धान्न सक्ने क्षमताबीचको सन्तुलन र बाँधलाई फुटाइ दिनसक्ने गरी भविष्यमा आइपर्न सक्ने ‘पाइपिङ” को समस्या आदि विषयको पनि अनुसन्धान जरुरी छ। त्यसैले यस विषयमा हतारमा निर्णय गर्नु उचित देखिादैन। एकपटक पानीको सतह घटाएर तल्लो तटीय क्षेत्रलाई पूर्णरुपमा जोखिम मुक्त बनाएपछि सूक्ष्म अध्ययन गरेरमात्र निर्णय लिनु वाञ्छनीय हुने देखिन्छ। यद्यपि, यसैका लागि पनि समय चाहिा धेरै गुजि्रसकेको छ।सुनकोशी तालको उपयोग

बााधको सदुपयोग गर्ने सन्दर्भमा विशेष ध्यान दिनुपर्ने अर्को विषय जुरेको असन्तुलित भौगर्भिक बनोट पनि हो। अहिले पहिरो गएको ठाउा आफाै पनि पूर्णरुपमा सन्तुलित भइसकेको छैन। यहाा अझै पनि माटाका ससाना पहिरा झरिराखेका छन् र चट्टानी भाग पनि असन्तुलित छ। तालले नजिकैका अहिलेका बस्तीलाई कसरी असर गर्छ भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन आउाछ। त्यसका बारेमा पनि गहिरो अध्ययन आवश्यक छ। साथै सुनकोसी र भोटेकोशी नदी अति वेगवान् छन्। यी नदीहरु माथिल्लो तटमा कमजोर भौगर्भिक बनोट भएको धरातलबाट बग्ने भएकोले यिनले दायााबायाा खियाउन सक्ने जोखिम पनि धेरै छ। यसरी उत्पादन हुने ‘सेडिमेन्ट” बोक्ने क्षमता पनि धेरै नै भएकोले यी नदीले त्यसरी बगाएर ल्याउने ठूलो मात्राको ढुङगा माटोप्रति पनि यस सन्दर्भमा ध्यान दिनु जरुरी हुन्छ। यसले पानी अट्ने क्षमता घटाएर तालको उपयोगितालाई पनि सजिलै घटाउन सक्छ। साथै यत्रो ठूलो नदीको माथिल्लो तटमा जुरेको जस्तै अर्को भवितव्य आइपर्योप भने हामीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ। यस्तो जोखिम छैन भन्न पनि सकिादैन। यससागै जोडिएको र बारम्बार उठिरहेको अर्को विषय यसको मुहानतिरका गतिशील हिमताल र तिनको फुट्ने खतरा अनि त्यसले निम्त्याउन सक्ने बाढीको जोखिम पनि हो। यो विषय अहिलेको जलवायु परिवर्तनको असर अत्याधिक मात्रामा परिरहेको हाम्रोजस्तो देशको लागि निकै चिन्ताको विषय बन्न सक्छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.