सुनकोशीमा बाढी, फेरि तनाव सुरू, मानिसहरू भागाभाग
चाैतारा । सुनकोशी ताल फुटेर सामान्य बनेको भोलिपल्ट यहाँ बाढीले अातंक फैलाएको छ । अाइतबार दिनभर पानी परेपछि खाेला बढेर बस्तीतिर पस्न थालेको छ । जुरेमा रहेको बनसाँघु माविको अवशेष पनि बगाउन लागेको माविका प्रधानाध्यपक बलराम तिमल्सिनाले जानकारी दिए । उनले भने, ‘खोलामा पानी ह्वात्तै बढेको छ, बाढीले बस्तीतिर हान्न थालेको छ, यहाँ भागाभाग चलिरहेको छ ।’
साउन १७ गते खसेको पहिरोले कृत्रिम ताल बनेपछि ताल मुनि पर्ने बासिन्दा त्रासमा थिए । त्यो त्रास अाइतबार बिहान ताल फुटेसँगै हटेको थियो । ताल फुट्दा केही सामान्य क्षति भएको थियो ।
अहिले भने तालको पानी र बाढीले बस्ती झनै खतरामय बनेको प्रधानाध्यपक तिमल्सिनाले बताए ।
0 comments
Write Down Your Responses