२१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई ‘राष्ट्रिय एकताका विरोधी’सँग किन मोर्चा बनाएको भन्दै प्रश्न सोधेका छन् । प्रचण्डले राष्ट्रिय एकताको विरोधी केपी ओली नै भएको जवाफ फर्काएका छन् ।
संविधानका मूलभूत विषयमा सहमति खोज्न शनिबार बिहान ८ बजे सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा ओलीले प्रचण्डलाई भने-’राष्ट्रिय एकताका विरोधीसँग मोर्चाबन्दी किन गर्नुभयो ? हामी राष्ट्रिय एकताका पक्षमा छौं, त्यसैले प्रक्रियामै गएर संविधान बनाइन्छ ।’
प्रचण्डले ओलीलाई भने- ‘राष्ट्रिय एकताविरोधी तपाई नै हो । बाह्रबुँदे समझदारी, शान्ति सम्झौता, गणतन्त्र, पहिचान र संघीयताको पक्षमा तपाईका अभिव्यक्तिहरु आउने गरेका छैनन्’
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले शनिबार संविधानसभालाई प्रतिवेदन बुझाउने कि समय थप्ने भन्नेबारे सहमति खोज्न सिंहदरबारमा बोलाएको तीन दलको छलफलमा ओली कडारुपमा प्रस्तुत भएका हुन् । ‘वैद्य माओवादीसँग गोलमेच हुँदै गर्छ, तर आजै समितिले प्रतिवेदन लेखेर संविधानसभामा पठाउनै पर्छ,’ बैठकमा ओलीले भने ।
प्रक्रियाअनुसार संविधान बनाई छाड्ने भन्दै केपी ओलीले प्रचण्डलाई राष्ट्रिय एकताका विरोधीको आरोप लगाएपछि प्रचण्ड बैठकमा आक्रोशित बने । ‘राष्ट्रिय एकताका विरोधी’ भनेर ओलीले मधेसवादी दल र अशोक राईको संघीय समाजवादीलाई संकेत गरेका थिए । प्रचण्ड मधेसवादी र जनजाति निकट दलको मोर्चाको प्रमुख छन् ।
ओली नै राष्ट्रिय एकताविरोधी हुन् : प्रचण्ड
केपी ओलीले आफ्नो मोर्चालाई राष्ट्रिय एकताविरोधी बताएपछि बैठकमा प्रचण्डले ओलीलाई भने- ‘राष्ट्रिय एकताविरोधी तपाई नै हो । बाह्रबुँदे समझदारी, शान्ति सम्झौता, गणतन्त्र, पहिचान र संघीयताको पक्षमा तपाईका अभिव्यक्तिहरु आउने गरेका छैनन्, तपाईको अभिव्यक्ति नै सबैभन्दा ठूलो राष्ट्रिय एकता विरोधी हो ।’
प्रचण्ड र ओलीवीच चर्काचर्की परेपछि एमाले उपाध्यक्ष विद्या भण्डारीले लौ न नारायणकाजी कामरेडले मिलाइदिनेपर्यो भन्ने आग्रह गरेकी थिइन् ।
एमाले र एमाओवादी नेतावीच बाझाबाझ हुँदा कांग्रेसका नेताले भने चूप लागेर सुनेका थिए ।
बैठक निश्कर्षहीन
सिंहदरबारमा बिहान करिब तीनघण्टा बसेको तीन दलको बैठक निश्कर्षहीन बनेको छ । शुक्रबार पनि यसैगरी बैठक विनानिश्कर्ष सकिएको थियो ।
शनिबारको बैठकमा एमाओवादी नेताहरुले सम्वाद समितिको प्रतिवेदन बुझाउने म्याद केही दिन थप्नुपर्ने बताएका थिए भने एमाले नेता केपी ओलीले आजै साँझसम्म जसरी पनि समितिले प्रतिवेदन बुझाउनुपर्ने भन्दै दबाव दिएका थिए ।
डा. बाबुराम भट्टराईको सभापतित्वमा रहेको सम्वाद समितिले सहमति र असहमतिको प्रतिवेदन बुझाउने अन्तिम म्याद आजै साँझ सकिँदैछ । आज बुझाइएको प्रतिवेदन असोज १ गतेभित्र संविधान लेखनका लागि मस्यौदा समितिमा पठाउनुपर्ने कार्यसूचि छ ।
स्रोतका अनुसार बैठकमा वैद्य माओवादीसँग सहमति गर्न केही दिन लाग्ने भएकाले म्याद थप गर्ने आग्रहसहितको पत्र सम्वाद समितिमार्फत संविधानसभामा पठाऔं भन्ने प्रस्ताव एमाओवादीले अघि सारेको थियो ।
एमाले र कांग्रेसका नेताले भने यो यो विषयमा सहमति भयो र यो विषयमा भएन भनेर आजै लेखी पठाउन सभापति डा. भट्टराईलाई दबाव दिएका छन् ।
शीर्ष नेताको बैठक सहमतिमा नपुगे पनि तत्काल सम्वाद समितिको बैठक डाक्न तीनै दल सहमत भएका छन् ।
म्याद थप्न प्रचण्ड मोर्चाको माग
यसैवीच केपी ओलीले राष्ट्रिय एकताविरोधी आरोप लगाए लगत्तै सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा मधेसवादी सहितको गणतान्त्रिक मोर्चाको बैठक बसेको छ ।
प्रचण्डको नेतृत्वमा बसेको बैठकले वैद्य माओवादीसँग सहमति गर्न केही दिन चाहिने भएकाले सम्वाद समितिलाई प्रतिवेदन बुझाउने म्याद थप गर्न संविधानसभामा लेखी पठाउने निर्णय गरेको एक एक माओवादी नेताले अनलाइनखबरलाई बताए ।
- See more at: http://www.onlinekhabar.com/2014/09/186962/#sthash.T6tKMKij.rM4Y6TZS.dpuf
केपी ओली र प्रचण्डवीच सिंहदरबारमा भनाभन
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses