आफ्नै गाउँमा फिल्म सुटिङ गर्दै निखिल

काठमाडौ । भैरब नाम राखेर फिल्म बनाउने तयारीमा जुटेका निखिल उप्रेतीले अधिकांश सुटिङ आफ्नै गाउँ सर्लाहीमा गर्ने भएका छन् । आईतवारदेखि फिल्मको सुटिङ गर्ने तयारीमा रहेका निखिन शनिवार आफ्नो टिम लिएर सर्लाही हिंडेका छन् ।nikhil-upreti
चलचित्रको विषय सिमा क्षेत्रमा हुने अपराधसँग सम्बन्धित भएकाले अधिकांस सुटिङ तराई क्षेत्रमै गर्नुपर्ने निखिलले बताए । आफ्नै गाउँमा सुटिङ गर्दा केही सजिलो हुने धारणा राख्ने निखिलले दशैसम्ममा सर्लाहीको सुटिङ सक्ने लक्ष्य राखेका छन् । दसैपछि अन्य क्षेत्रको सुटिङ गर्ने उनको योजना छ ।
निखिलकै निर्माण निर्देशन रहने यस फिल्ममा रेखा थापाले एउटा गीतमा आइटम डान्स गर्ने भएकी छिन् भने अनु शाह, नागेन्द्र रिजाल, रबिन होडा, केशब राईले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.