इन्द्रजात्राको ३६ हात लामो लिंगो ठड्याइयो
काठमाडौं, भाद्र २१ । उपत्यकाकै ठूलो चाड मानिने इन्द्रजात्रा आजबाट विधिवत रुपमा सुरु भएको छ । आज बिहान काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइ इन्द्रजात्रा सुरु भएको हो ।
आजैबाट इन्द्रजात्राको विशेष आकर्षण मानिने पुलुकिसि र लाखेनाच पनि सुरु हुन्छ ।
एक हप्तासम्म चल्ने इन्द्रजात्राको मुख्य दिन आगामी २३ गतेसोमबार हनुमानढोका परिसरमा कुमारी, गणेश र भैरवको रथजात्रा गरी मनाइनेछ । उक्त दिन राष्ट्रप्रमुखबाट पनि जात्रा अवलोकन गर्ने परम्परा रहेको छ ।
0 comments
Write Down Your Responses